काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका नव नियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा. शर्माले नव नियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए। यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
नव नियुक्त चार न्यायाधीशद्वारा शपथ ग्रहण

Read Complete Original Article
Published originally on नेपालन्युज






