नवलपुर । नवलपुरको देबचुली नगरपालिका- १४ मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार निवासी ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्प नजिकै सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०६७ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी शर्मालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो । अस्पताल पुर्याएको केहि समयमानै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । शर्मा देवचुली नगरपालिका–१४, छत्तीसघरस्थित आफ्ना देवर एकनारायण रिजाल शर्माको घरमा पाहुना आएकी थिइन् । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपुरमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा महिलाको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_qlwZ10zlQR.webp)



