Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो
Photo / Coverage: केन्द्रबिन्दु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो। दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि थप विवरण संकलन गर्दा घाइतेको संख्या ३३ पुगेको हो। बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ। दुर्घटनामा घाइते भएकामध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा कैलालीका शिवदत्त राना, डम्बरबहादुर माली, खेमा मल्ल, शोभा मल्ल, चाँदनी खत्री र जानु चौधरी रहेका छन्। त्यस्तै दार्चुलाका केशव धामी, प्रतिक्षा धामी, दयाकृष्ण जोशी, नविना भट्ट, रोहित लोथेल, रमेश जोशी र श्रुती जोशी घाइते भएका छन्। यसैगरी बैतडीका धाना चन्द, प्रेमबहादुर चन्द, राजेन्द्र जोशी, भागरथी जोशी, रेणुका जोशी र महेश बिसी, डडेल्धुराका महेश पाण्डे, डम्बर सिंह साउद, गीता कठायत, रक्षा कठायत, पुष्पा भाट र पवित्रा रावल घाइते भएका छन्। दुर्घटनामा कञ्चनपुरका जेनी राना र प्रिया साउद, डोटीका बसन्त बलायर, अंकित यादव, ज्योति बुडाल र धिरज बुडाल, अछामका अमित साउद तथा धनुषाका भानु यादव पनि घाइते भएका छन्। बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने
Latest NewsJust now

संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई बलियो बनाउने पार्टीको नीतिगत चाहना रहेको बताएका छन्। संघीयतासम्बन्धी रास्वपाको धारणालाई गलत अर्थमा बुझ्ने गरिएको उल्लेख गर्दै उनले प्रदेश संरचनालाई थप बलियो बनाउन पार्टी सधैँ छलफलका लागि तयार रहेको बताए। साथै, पार्टीमाथि विभिन्न किसिमका आरोप लगाउने गरिएको उनको भनाइ थियो। रास्वपाका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राको शुभारम्भ कार्यक्रममा बोल्दै ...

नेपालन्युज
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
Latest NewsJust now

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक... ...

रातोपाटी
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट... ...

रातोपाटी
तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो
Latest NewsJust now

तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो

तिहारयता सुनको भाउ ओरालो लागेको लाग्यै छ।  तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज त्यसबाट पनि अझ तल गएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play