Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नवलपरासीमा तीनवटा भारतीय मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवलपरासीमा तीनवटा भारतीय मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-३ बेलशपुरमा तीनवटा भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा २० वर्षीय एक नेपाली युवकको मृत्यु भएको छ। बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा बिहीबार साँझ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी रुपन्देहीको पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीका २० वर्षीय उसमान पठानको मृत्यु भएको हो। यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलका चालक रहेका पठान गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ३५ बीभी ९७५३ र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल सुरुमा ठोक्किएका थिए। लगत्तै पछाडिबाट आएको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकल समेत सोही दुर्घटनामा परेको थियो। दुर्घटनामा परी रामग्राम नगरपालिका-१७ का १९ वर्षीय ईसराफिल अंसारी र ३९ वर्षीय प्रमोद तेली, तथा पाल्हीनन्दन गाउँपालिका-३ का १६ वर्षीय मोहम्मद राजा पठान र १७ वर्षीय सत्यम हरिजन घाइते भएका छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूको अहिले बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटना तीव्र गतिका कारण भएको हुनसक्ने अनुमान गरेको छ। घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएको छ। साथै, यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय फिरोज अली देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय
Latest NewsJust now

सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु ...

केन्द्रबिन्दु
कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै
Latest NewsJust now

कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै

बाबुराम कार्कीसुनसरी, कात्तिक २० गते । सप्तकोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा बर्खायाममा आएको बाढीले पु-याएको क्षति तथा सम्भावित जोखिमको अवस्था पहिचान गर्न नेपाल र भारतका प्राविध... ...

गोरखापत्र
लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन
Latest NewsJust now

लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक १९ गते । प्राकृतिक विपत्तिका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किएको छ । रसुवा भोटेकोशी र कालीगण्डकीमा आएको बाढी र पछिल्ल... ...

गोरखापत्र
विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)
Latest NewsJust now

विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)

बिहानको आकाश बिस्तारै उज्यालिँदै थियो। पूर्वी क्षितिजमा सूर्यका प्रथम किरणहरूले रातको अँध्यारोलाई विस्तारै पन्छाउँदै गर्दा विराटनगरको सडकमा दिनचर्या सुरु... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play