Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान
Photo / Coverage: पर्दाफास

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम उनको बढुवा कात्तिक १८ गतेदेखि लागू हुने निर्णय भएको हो। सरकारले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी परिवर्तन गरी केसीलाई प्रहरी संगठनको नेतृत्व दिएको हो। मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्दै कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण
OthersJust now

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण

नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड तथा बिचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा छानबिन समिति गठन गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडको निन्दा गर्दै उनले पत्रकार पक्राउ गर्न प्रहरी सञ्चारगृहमा पुग्ने तर पक्राउबारे गृह ...

पर्दाफास
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
OthersJust now

आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर

पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने प्रशासनिक भवनविहीन छ । ...

अनलाइन खबर
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष
OthersJust now

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । ...

अनलाइन खबर
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
OthersJust now

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play