Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक
Photo / Coverage: नेपालन्युज

भक्तपुर।यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ। जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मंसिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौं र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिए। पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म मध्यपुरथिमिका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ। त्यसैगरी, पुस १७ देखि २१ गतेसम्म काठमाडौंको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा हुनेछ। नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले पुस ३० गतेदेखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौं र गछें क्षेत्रमा जात्रा सञ्चालन हुने बताए। माघ १५ देखि १८ गतेसम्म काठमाडौंको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुर नगरपालिका–६ स्थित महालक्ष्मी क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ। त्यस्तै फागुन महिनामा भक्तपुरका विभिन्न स्थानसँगै काभ्रेको साँगा र नालामा समेत जात्रा सञ्चालन हुनेछ। फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नाला क्षेत्रमा जात्रा हुनेछ। चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा सञ्चालन हुनेछ । यसैगरी चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा सञ्चालन भएसँगै यस वर्षको सार्वजनिक जात्रा तालिका सम्पन्न हुनेछ। नवदुर्गा देवगणको जात्रा भक्तपुरको जीवन्त सांस्कृतिक एवं ऐतिहासिक सम्पदाका रूपमा परिचित छ। विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगण नगर तथा विभिन्न बस्तीमा पुगेर नाच तथा जात्रा प्रदर्शन गर्ने परम्परा रहिआएको छ। प्रत्येक वर्ष दसैंमा राष्ट्रपति दर्शन गर्न आउने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
५ प्रश्नोत्तरमा बुझ्नुहोस् : कतारको संकट र नेपाली श्रमिकमा पर्ने असर
Latest NewsJust now

५ प्रश्नोत्तरमा बुझ्नुहोस् : कतारको संकट र नेपाली श्रमिकमा पर्ने असर

कतारले भोगीरहेको आर्थिक संकटको वाँछिटा नेपालसम्मै आइपुग्ने निश्चित छ । किनकी कतारमा रहेको विदेशी श्रमशक्तिमा नेपाली श्रमिकको स्थान तेस्रो छ। नेपालीको मुख्य श्रम गन्तव्य देशको अर्थतन्त्रमा परिरहेको प्रभाव हामीले कसरी चुकाउनुपर्छ ? ...

कान्तिपुर
परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, […] ...

काठमाण्डुपाटी
यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
Latest NewsJust now

यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक

भक्तपुर । यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play