Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, गरियो भव्य स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, गरियो भव्य स्वागत
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका हुन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। विमानस्थलमा प्रधानमन्त्री शाहलाई भव्य स्वागत गरिएको छ। उत्तराखण्ड राज्यको स्थानीय गीत संगीत बजाएर विमानस्थलमा उनलाई स्वागत गरिएको छ। प्रधानमन्त्री शाहको भ्रणमा टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप संयोजक विनय शाक्य छन्। यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी छन्। ​भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय नरेन्द्र मोदीसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ। भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्। ​भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित
OthersJust now

नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुर सम्पन्न संघको ५२औँ साधारण सभाबाट उनी आगामी तीन वर्षका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा जबराले गोपालकाजी कायस्थलाई १६ मतको अन्तरले पराजित गरे । कुल ९० मतमध्ये जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत मात्रै… ...

अनलाइन खबर
बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु
OthersJust now

बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए । ...

अनलाइन खबर
नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत
OthersJust now

नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत

उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान केहीबेर अघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement