Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो । नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ । प्याटिन्सनले जेम्स बन्डजस्तो चर्चित पात्रको भूमिका पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएका छन् । उनले यो भूमिका आफ्नो सपना पूरा भएजस्तै रहेको उल्लेख गर्दै निर्देशक डेनिस भिलेनुभ, निर्माता एमी पास्कल, डेभिड हेम्यानलगायत अमेजनका सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन् । नयाँ चलचित्रका निर्देशक डेनिस भिलेनुभले प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार प्याटिन्सनमा जेम्स बन्डको परम्परागत व्यक्तित्वसँगै नयाँपन पनि छ । निर्माता एमी पास्कल र डेभिड हेम्यानले पनि प्याटिन्सनको अभिनय क्षमता, निर्भीकता र आफूलाई निरन्तर नयाँ रूपमा प्रस्तुत गर्ने खुबीले उनलाई उपयुक्त पात्र बनाएको बताएका छन् । जेम्स बन्डको भूमिकामा प्याटिन्सन सातौँ अभिनेता हुनेछन् । यसअघि ड्यानियल क्रेगले जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए । उनले आगामी चलचित्रमा पुनः अभिनय नगर्ने घोषणा गरेपछि नयाँ बन्डको खोजी सुरु भएको थियो । नयाँ कलाकार चयनको चर्चा करिब पाँच वर्षदेखि चल्दै आएको थियो । प्याटिन्सन ‘ट्वाइलाइट’ चलचित्र शृङ्खलामा एडवर्ड कलेनको भूमिका निर्वाह गरेपछि चर्चामा आएका थिए । उनले ‘ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर’मा सेड्रिक डिगोरीको भूमिका पनि खेलेका थिए । पछिल्लो समय ‘द ब्याटम्यान’लगायत चलचित्रमा अभिनय गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । यसअघि जेम्स बन्डको भूमिकाका लागि ज्याक लोडेन, क्यालम टर्नर र जोस ओ’कनरलगायत कलाकारको नाम चर्चामा थियो । तर निर्माताहरूले विश्वव्यापी दर्शकमाझ परिचित र ठूला चलचित्र शृङ्खला सफलतापूर्वक अघि बढाएको अनुभव भएका प्याटिन्सनलाई छनोट गरेका हुन् । The post नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै
Latest NewsJust now

सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चालकलाई सचेतना र जोखिमयुक्त सडकखण्डमा सुधारका प्रयास भइरहेकै छन्। तर सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक देखिएको छ। कात्तिक महिनामा मात्रै प्रदेशका... ...

रातोपाटी
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन
Latest NewsJust now

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

काठमाडौं । अमेरिकी गुप्तचर निकायको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो योजनाको खुलासा गरेको हो । स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो । पत्ता लागेका ...

केन्द्रबिन्दु
आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने
Latest NewsJust now

आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने

विराटनगर । मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले तयार पारेको ‘मोरङ जिल्लाको विराटनगर... ...

रातोपाटी
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Latest NewsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play