Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध

नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध

Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण मस्कोमाथि दबाव बढाउन अमेरिकी कंग्रेसले हालै पारित गरेको विभिन्न प्रतिबन्ध कार्यान्वयनमा रोक लगाउन राष्ट्रपतीय अधिकार प्रयोग गरेका छन्।

शुक्रवार राति जारी कार्यकारी आदेशमा ट्रम्पले केही प्रतिबन्ध रोक्नु अमेरिकाको 'राष्ट्रिय हित' मा रहेको उल्लेख गरेका छन्। उनले गत सेप्टेम्बरमा प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै त्यसलाई कानुनको रूप दिएका थिए। उक्त कानुन आइतवारदेखि लागु हुँदै थियो।

ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकामा ऊर्जा मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल आयात गर्ने बताएका केही दिनपछि यो घटनाक्रम विकास भएको हो। उक्त निर्वाचनले अमेरिकी कंग्रेसमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्ने ठानिएको छ।

युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला

अन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट

ट्रम्पको योजनाले अमेरिकी सांसदहरूलाई आश्चर्यमा पारेको छ। साथै, यसले दुवै प्रमुख राजनीतिक दलका सांसदहरूबाट विरोधसमेत निम्त्याएको छ।

उक्त कानुनले रुसी अर्थतन्त्रलाई लक्षित गर्दै रुसी तेल र ग्यासका पाँच ठूला खरिदकर्ता देशमाथि शतप्रतिशतसम्म ट्यारिफ शुल्क लगाउने व्यापक अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो। ती देशमध्ये विशेषगरी चीन र भारत पर्छन्।

यसका साथै उक्त कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, रुसी सरकारका वरिष्ठ अधिकारी, ब्याङ्क तथा अन्य वित्तीय संस्था र विद्यमान प्रतिबन्ध छल्न प्रयोग गरिने 'स्याडो फ्लीट' भनिने रुसी ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउने व्यवस्था पनि समावेश छ।

बिहीवार कंग्रेसका दुवै प्रमुख राजनीतिक दलका २० सांसदले ट्रम्पलाई नयाँ कानुन कार्यान्वयन गर्न आग्रह गर्दै पत्र लेखेका थिए।

रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो

किएभको महत्त्वपूर्ण पुलमा रुसी ड्रोन हमला

उनीहरूले प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेकोमा ट्रम्पलाई धन्यवाद दिँदै उक्त कानुनको "पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन" गर्न आग्रह गरेका हुन्।

सांसदहरूले उक्त कानुनले "पुटिनलाई शान्ति वार्तालाई गम्भीरतापूर्वक लिन बाध्य पार्न निर्णायक भूमिका खेल्ने" बताएका छन्।

भर्जिनियाका कंग्रेस सदस्य डन बेयरजस्ता डेमोक्र्याटिक सांसदहरूले ट्रम्पको प्रतिबन्धसम्बन्धी पछिल्लो कदमको आलोचना गरिसकेका छन्। उनीहरूले ट्रम्पमाथि मस्कोसामु झुकेको र किएभ तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको साथ छाडेको आरोप लगाएका हुन्।

"पुटिनसमक्ष ट्रम्पको पछिल्लो आत्मसमर्पणले फेरि एकपटक हाम्रा युक्रेनी साझेदारहरूलाई धोका दिएको छ र रुसको गैरकानुनी आक्रामक युद्धलाई दण्डित गर्न बनाइएको कानुनप्रति कंग्रेसको स्पष्ट अभिप्रायको अवहेलना गरेको छ," बेयरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

रुसी हमलामा भत्किएको भवनमा पुरिएका व्यक्तिलाई जिउँदै बाहिर निकालियो

ड्रोन, साइबर हमला र मिथ्या प्रचार : युरोपविरुद्ध 'हाइब्रिड युद्ध' थालेको रुसमाथि आरोप

अक्टोबर ९ मा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी भएको र रुसबाट डिजेल खरिद गर्ने सहमति भएको घोषणा गरेका थिए।

फेब्रुअरीमा इरानसँग युद्ध सुरु भएयता अमेरिकामा इन्धन, विशेषगरी डिजेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। यसले जीवनयापनको बढ्दो खर्चका कारण पहिल्यै आर्थिक दबावमा रहेका अमेरिकी मतदातामाथि थप भार पारेको बताइन्छ। आगामी मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य घटाउने ट्रम्पको प्रयास यसै सन्दर्भमा आएको हो।

रुसबाट डिजेल खरिद गर्ने यस सहमतिले मस्कोलाई युक्रेनविरुद्धको युद्ध सञ्चालन गर्न आर्थिक सहयोग पुग्न सक्ने भन्दै अमेरिकाका सहयोगी राष्ट्रहरूले पनि ट्रम्पको निर्णयको आलोचना गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना
ताजा खबरJust now

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर... ...

रातोपाटी
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास
ताजा खबरJust now

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् । ...

कान्तिपुर
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
ताजा खबरJust now

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई... ...

रातोपाटी
कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ
ताजा खबरJust now

कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। असोज ३१ गते सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै थापाले आजै पदबहाली पनि गरेका छन्। बडादसैँको फूलपातीको अवसर पारेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मत गणना भई अन्तिम परिणाम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play