Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नयाँ एन्ड्रोइड भाइरसले बढायो साइबर सुरक्षा चिन्ता, प्रयोगकर्ताले थाहा नपाई रकम चोरी हुन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ एन्ड्रोइड भाइरसले बढायो साइबर सुरक्षा चिन्ता, प्रयोगकर्ताले थाहा नपाई रकम चोरी हुन सक्ने
Photo / Coverage: टेक्नोलोजी खबर

एन्ड्रोइड फोनका लागि नयाँ भाइरस देखा परेपछि साइबर सुरक्षा बिज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। बाजुका नाम दिइएको उक्त भाइरसले प्रयोगकर्तालाई कुनै जानकारी नदिई मोबाइल नियन्त्रणमा लिएर बैंकसम्बन्धी विवरण तथा रकम चोरी गर्न सक्ने बताएका छन्। मालवेयरले आफ्नो गतिविधि लुकाउन विशेष प्रविधि प्रयोग गर्छ। यसले मोबाइलको होम स्क्रिन वा लक स्क्रिनको कपी तयार गरी स्थिर फोटोका रुपमा देखाउन सक्छ। स्क्रिनमा सामान्य दृश्य देखिए पनि ब्याकग्राउन्डमा भने यसले विभिन्न गतिविधि संचालन गरिरहेको हुन्छ। यसको अर्थ प्रयोगकर्ताले आफ्नो मोबाइल सामान्य अवस्थामा रहेको देखिरहेका बेला ह्याकरहरुले भने मोबाइलको नियन्त्रण लिइसकेका हुनसक्छन्। साइबर सुरक्षा अनुसन्धान संस्था थ्रेटफेब्रिकका विज्ञहरुका अनुसार बाजुका भाइरसमा २३ वटा फरक मोड्युलले पासवर्ड चोरी गर्ने, एसएमएस मेसेजहरु अवरोध गर्ने तथा बैंकिङ कारोबार पुष्टि गर्न प्रयोग गरिने एक पटक मात्र प्रयोग गर्न मिल्ने कोड प्राप्त गर्ने क्षमता राख्छन्। यस भाइरसले क्रिप्टोकरेन्सी कारोबारमा समेत हस्तक्षेप गर्न सक्छ। प्रयोगकर्ताले कपी गरेको डिजिटल वालेटको ठेगानालाई परिवर्तन गरी ह्याकरको नियन्त्रणमा रहेको ठेगाना राखिदिन सक्छ। यसरी प्रयोगकर्ताले पठाएको पैसा सजिलै ह्याकरको खातामा जान सक्छ। यसको अर्को चिन्ताजनक पक्ष भनेको चोरी गरिएका विवरण विश्लेषण गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सक्ने सम्भावना हो। यसले आक्रमणकारिलाई बढी आर्थिक क्षमता भएका प्रयोगकर्ता पहिचान गर्न र उनीहरुलाई लक्षित गरी थप योजनाबद्ध साइबर आक्रमण गर्न सहयोग पुर्याउन सक्छ। विज्ञहरुले चर्चित प्लेटर्फमका प्रिमियम भर्सनजस्तो देखिने फेक एपहरु पनि पहिचान गरेका छन्। यस्ता एपमार्फत प्रयोगकर्तालाई झुक्याएर मोबाइलमा हानिकारक सफ्टवेयर इन्स्टल गर्न लगाउन सकिन्छ। यस्ता साइबर आक्रमणबाट जोगिन प्रयोगकर्तालाई अपरिचित स्रोतबाट एप डाउलोड नगर्न, एपहरुले माग्ने परमिसन जाचँ गर्न र गुगल प्ले प्रोटेक्ट सक्यूरिटि सिस्टम सक्रिय राख्न सुझाव दिइएको छ। विशेषगरी एन्ड्रोइडको एक्सेसिबिलिटि सुविधामा पहुँच माग्ने एपहरुप्रति सावधान रहन विज्ञहरुले आग्रह गरेका छन्। The post नयाँ एन्ड्रोइड भाइरसले बढायो साइबर सुरक्षा चिन्ता, प्रयोगकर्ताले थाहा नपाई रकम चोरी हुन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्पेनमा गरिएको परीक्षणमा एरिक्सनले काउन्टर-ड्रोन प्रणालीलाई रणनीतिक फाइभजी नेटवर्कसँग जोड्न सफल
TechnologyJust now

स्पेनमा गरिएको परीक्षणमा एरिक्सनले काउन्टर-ड्रोन प्रणालीलाई रणनीतिक फाइभजी नेटवर्कसँग जोड्न सफल

स्पेनको परीक्षणमा एरिक्सनले काउन्टर-ड्रोन प्रणालीलाई रणनीतिक फाइभजी नेटवर्कसँग जोडेको छ। एरिक्सनले स्पेनको एटलस २६ सैन्य अभ्यासको क्रममा काउन्टर-ड्रोन र वायु-रक्षा प्रणालीहरूलाई जोड्ने रणनीतिक फाइभजी नेटवर्क सफलतापूर्वक प्रदर्शन गरेको छ। एरिक्सनले भनेअनुसार, १९ देखि २३ अक्टोबरसम्म दक्षिणी हुएल्भा क्षेत्रमा आयोजित यो परीक्षणमा स्पेनी सशस्त्र बलले पहिलो पटक पूर्ण रूपमा ‘ट्याक्टिकल फाइभजी’ (tactical 5G) को प्रयोग गरी ‘काउन्टर-ड्रोन’ प्रणालीलाई सञ्चालनमा ल्यायो। यसमा स्थायी तारको सट्टा ...

टेक्नोलोजी खबर
यस्ता छन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप
TechnologyJust now

यस्ता छन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप छनौट भएका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कष्ट ५ स्टार्टअप मध्येबाट एउटा स्टार्टअपलाई डिजिटल वालेट हाम्रो पेमा ...

आइसिटी समाचार
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाट पनि लिन सकिने
TechnologyJust now

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाट पनि लिन सकिने

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारी चालकले टोल भुक्तानीका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग अब सानिमा बैंकका शाखाबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।सडक बोर्ड नेपालले सञ्चालन गरेको सुरुङमार्गमा विद्युतीय टोल संकलन प्रणाली लागू गरिएको छ । सवारी साधनको अगाडिको सिसामा जडान गरिने एन-ट्यागलाई प्रवेश तथा निकास गेटमा राखिएको उपकरणले स्वचालित रूपमा पहिचान गर्छ । त्यसपछि टोल ...

आइसिटी समाचार
अपलोड क्षमता बढाउन कोरिया टेलिकम र एलजी इलेक्ट्रोनिक्सद्वारा सिक्सजी प्रविधिहरूको परीक्षण
TechnologyJust now

अपलोड क्षमता बढाउन कोरिया टेलिकम र एलजी इलेक्ट्रोनिक्सद्वारा सिक्सजी प्रविधिहरूको परीक्षण

कोरिया टेलिकम (केटी) र एलजी इलेक्ट्रोनिक्सले संयुक्त रूपमा सिक्सजी रेडियो प्रविधिका दुई सम्भावित विकल्पहरूको परीक्षण गरेका छन्। यी प्रविधिहरूले परम्परागत फाइभजीको तुलनामा डाटा अपलोड गर्ने क्षमतालाई ४.९ गुणासम्म बढाएको पाइएको छ। ‘सब-ब्यान्ड फुल डुप्लेक्स’ र ‘स्पेक्ट्रम सेयरिङ फुल डुप्लेक्स’ नामक यी प्रविधिहरू, रोबोट, ह्युमनोइड मेसिन र स्वायत्त सवारी साधनहरू जस्ता उपकरणहरूबाट हुने डाटा प्रसारणको बढ्दो मागलाई सम्बोधन गर्न डिजाइन गरिएका हुन्। ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement