नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख २० मा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाएर उनी रिहा भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

Read Complete Original Article
Published originally on पर्दाफास






