Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ घाइते
Photo / Coverage: केन्द्रबिन्दु

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सहरका अधिकारीहरूका अनुसार बुधबार दिउँसो मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन भत्किएको हो। अग्नि नियन्त्रण विभागका अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते भएका १९ जनामध्ये दुई जनाको मृत्यु भएको छ। चार जनाको अवस्था गम्भीर र १२ जनाको अवस्था स्थिर रहेको छ। घाइतेमध्ये कम्तीमा सात जना बालबालिका रहेका छन्। न्युयोर्क प्रहरी विभागका एक अधिकारीले भग्नावशेषमा कति मानिस पुरिएका वा हराइरहेका छन् भन्नेबारे यकिन विवरण प्राप्त नभएको बताएका छन्। बुधबार दिउँसो करिब ४ बजे भएको दुर्घटनापछि अग्नि नियन्त्रकसहितका उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार गरिरहेका छन्। घटनास्थलका दृश्यमा उद्धारकर्मीले भग्नावशेषबाट मानिसहरूलाई निकालेर स्ट्रेचरमा राख्दै सुरक्षित स्थानमा पुर्‍याएको देखिएको छ। भवनसँगै रहेको निर्माणस्थलमाथि भवनको केही भाग खस्दा दुवै स्थानमा मानिसहरू पुरिएको आशंका गरिएको छ। उद्धार कार्य सुरु भएको चार घण्टा बितिसक्दा पनि भवनको अर्को भाग भत्किन सक्ने जोखिम रहेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका आयुक्तले भग्नावशेषमा भइरहेको खोज तथा उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण रहेको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङमा प्राचीन मौलिकता झल्कने गरी फल्चा निर्माण
Latest NewsJust now

मुस्ताङमा प्राचीन मौलिकता झल्कने गरी फल्चा निर्माण

हरिकृष्ण शर्मामुस्ताङ (मुक्तिनाथ), कात्तिक २६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४,मा पर्यटन प्रवर्द्धनका लागि प्राचीन मौलिकता झल्कने गरी फल्चा (विश्राम स्थल) निर्माण गरिएको छ । मुस... ...

गोरखापत्र
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
Latest NewsJust now

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ । छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न... ...

रातोपाटी
गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका
Latest NewsJust now

गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका

रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ । संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित... ...

रातोपाटी
भीमफेदीमा ईभी दुर्घटना : छठ मनाउन जाँदै थिए यात्रु, मृतक १० मध्ये चालक र एक यात्रुको पहिचान
Latest NewsJust now

भीमफेदीमा ईभी दुर्घटना : छठ मनाउन जाँदै थिए यात्रु, मृतक १० मध्ये चालक र एक यात्रुको पहिचान

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकरकुमार मण्डल र सर्लाही चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरटोल बस्ने सुवेक यादवको पहिचान खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्यको पहिचान खुल्न बाँकी छ । ललितपुरको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play