काठमाडौं । जुम्लाको तिला गाउँपालिकास्थित ज्योति माध्यमिक विद्यालयमा नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा महेन्द्रराज शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले आर्थिक वर्ष २०७८/७९ मा प्राप्त शिक्षण सिकाइ अनुदानअन्तर्गत निम्न माध्यमिक तहको अंग्रेजी शिक्षक पदमा नियुक्ति लिन नक्कली स्थायी अध्यापन अनुमतिपत्र तयार पारेका थिए । उनले उक्त नक्कली प्रमाणपत्र पेस गरी २०७९ जेठ १५ गते विद्यालयमा करार शिक्षकका रूपमा नियुक्ति लिएको र सरकारी सेवासुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । शाहीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर ठहर गर्दै आयोगले कैद र जरिवानाको सजाय मागदाबीसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। The post नक्कली अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नक्कली अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on कर्पोरट खबर





![प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]](https://hamrakura.com/uploads/news/images/journalist--.jpg)
