Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा
Photo / Coverage: विश्वखबर

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको नियमन विभागले तयार पारेको विवरण अनुसार आर्थिक वर्ष २०८३/८४ को मिति २०८३/०८/०९ सम्ममा कुल ११९ वटा कम्पनीहरू प्राथमिक शेयर निष्कासनको विभिन्न प्रशासनिक चरणमा रहेका छन् । बोर्डमा आवेदन दिएका यी कम्पनीहरूले कुल ५१ करोड ७३ लाख ९३ हजार ५४६ कित्ता शेयर निष्कासन गरी ७२ अर्ब १ करोड ९७ लाख २३ हजार ४९६ रुपैयाँ बराबरको पूँजी सङ्कलन गर्ने लक्ष्य राखेका छन् । बोर्डका अनुसार सबैभन्दा धेरै कम्पनीहरू आवेदन दर्ताको पहिलो चरणमा रहेका छन्। आवेदन प्राप्त भएको यस पहिलो चरणमा ७९ वटा कम्पनीहरू रहेका छन्, जसले ४१ अर्ब ३२ करोड १४ लाख ७० हजार ६९६ रुपैयाँ बराबरको २८ करोड ८९ लाख ६२ हजार ३९३ कित्ता शेयर निष्कासनका लागि निवेदन दिएका हुन् । त्यस्तै, बोर्डको प्रारम्भिक समीक्षाको क्रममा दोस्रो चरणमा ६ वटा कम्पनीहरू रहेका छन्, जसको १ अर्ब ५४ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख १५ हजार ४८० कित्ता शेयर अध्ययनको प्रक्रियामा रहेको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रारम्भिक अध्ययन पश्चात् टिप्पणी पठाएको तेस्रो चरणमा ४ वटा कम्पनीहरू रहेका छन्, जसको निष्कासन रकम ३ अर्ब ९५ करोड ७० लाख ८५ हजार ७ सय रुपैयाँ र शेयर संख्या ३ करोड ९५ लाख ७० हजार ८५७ कित्ता रहेको छ । त्यसैगरी, बोर्डले सोधेका प्रश्न तथा टिप्पणीको जवाफ पेस गरिसकेको चौथो चरणमा २० वटा कम्पनीहरू समावेश छन् । यी कम्पनीहरूले २० अर्ब ९ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको १२ करोड ८ लाख ७८ हजार ५९५ कित्ता शेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन् । अन्तिम तथा पाँचौँ चरणमा कम्पनीहरूले पठाएको जवाफ बोर्डको समीक्षाको क्रममा रहेको छ, जसमा १० वटा कम्पनीहरू परेका छन् । यस चरणमा रहेका कम्पनीहरूले ५ अर्ब १९ करोड ४ लाख ७० हजार १ सय रुपैयाँ बराबरको ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयर निष्कासनको स्वीकृतिका लागि पर्खिरहेका छन् । बोर्डको यस पाइपलाइनमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी र माइक्रो इन्स्योरेन्स जस्ता विविध क्षेत्रका कम्पनीहरू संलग्न रहेका छन्, जसले अङ्कित मूल्य, प्रिमियम तथा बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वास्थ्य सेवा सुधारका आयाम
Latest NewsJust now

स्वास्थ्य सेवा सुधारका आयाम

स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार्न एकीकृत स्वास्थ्य बिमा, सुदृढ स्थानीय स्वास्थ्य संस्था, व्यवस्थित रेफरल प्रणाली र दक्ष जनशक्तिको न्यायोचित व्यवस्थापन आवश्यक छ । ...

कान्तिपुर
भक्तपुुरमा तीन उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

भक्तपुुरमा तीन उत्कृष्ट उद्यमी सम्मानित

भक्तपुुर, मङ्सिर ९ गते । बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुुरले भक्तपुुरका उत्कृष्ट तीन जना उद्यमीलाई सम्मान गरेको छ । उद्योग दिवस २०८३ को अवस... ...

गोरखापत्र
१० बजे १० समाचार : दानबहादुरलाई मिलेन राहत, भेटिएनन् बानियाँ र अर्याल
Latest NewsJust now

१० बजे १० समाचार : दानबहादुरलाई मिलेन राहत, भेटिएनन् बानियाँ र अर्याल

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ९ गते बुधबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– दानबहादुरको... ...

रातोपाटी
पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल
Latest NewsJust now

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्त्वपूर्ण छलफल गर्‍यौँ ।' ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement