काठमाण्डु– झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा गएराति धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशी रहेको विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले जानकारी दिए ।
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





