Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। धादिङको गजुरी गाउँपालिका: ८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। ३८ वर्षीय सूर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते बिहान ९ः१५ बजे ढुंगाना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतकको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो भने दाहिने हातको नाडीको हड्डी भाँचिएको अवस्थामा शव फेला परेको थियो। अनुसन्धानका क्रममा थिङले मंसिर ११ गते राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनापछि थिङलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। थिङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको छ। प्रहरीका अनुसार थिङको विगतमा पनि आपराधिक पृष्ठभूमि रहेको पाइएको छ। उनीविरुद्ध २०७२ सालमा सार्वजनिक अपराध, २०७८ सालमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुर र २०८१ सालमा कीर्तिपुरमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
Latest NewsJust now

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

काठमाडाैँ। अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै आफ्नो नियन्त्रणमा लिएको छ। निक्षेपकर्ताको मागअनुसार रकम भुक्तानी गर्न नसक्ने जोखिम बढेपछि बैंक बन्द गरिएको हो। यो सन् २०२४ यताकै सम्पत्तिका... ...

रातोपाटी
नेतन्याहु र आइजेनकोटबिच २ घण्टा वार्ता, मिलेन कुरा
Latest NewsJust now

नेतन्याहु र आइजेनकोटबिच २ घण्टा वार्ता, मिलेन कुरा

इजरायलमा नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र विपक्षी यासार पार्टीका नेता गादी आइजेनकोट भएको वार्ता निष्कर्षविहीन भएको छ। आइतबार दुई नेताबिच दुई घण्टा वार्ता भए पनि कुनै सहमति हुन नसकेको हो।  नेतन्याहुले आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका थिए। जसमा सुरुमा आइजेनकोट र पछि नेतन्याहुले नेतृ... ...

नेपालखबर
यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल ( फाेटाे फिचर )
Latest NewsJust now

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल ( फाेटाे फिचर )

• धादिङको गजुरी र सिद्धलेकमा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ, जसले बाढीले बगाएको पक्की पुलको सट्टा सेवा प्रदान गर्नेछ। • पुल सञ्चालनमा आएपछि हलुका र अत्यावश्यक सेवाका सवारीसाधनलाई पहिलो चरणमा आवागमनको अनुमति दिइनेछ। • पन्टुन पुलको निर्माणमा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन धादिङका १३ स्थानीय तहले संयुक्त रूपमा व्यहोर्नेछन्। ...

नेपालबहस
सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रिम इनर्जी ड्रिंक
Latest NewsJust now

सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रिम इनर्जी ड्रिंक

महोत्सवको टाइटल स्पोन्सरका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक र आयोजक कैलाली उद्योग वाणिज्य संघबीच सहकार्य भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement