Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

धन्वन्तरी जयन्ती आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
धन्वन्तरी जयन्ती आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार आज धनवन्तरी जयन्ती मनाइने बताएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । वि.सं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । The post धन्वन्तरी जयन्ती आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारी मूल्यांकनमा मनपरी, सस्तोमा जग्गा बेच्दा पनि राज्यलाई महँगो कर !
Latest NewsJust now

सरकारी मूल्यांकनमा मनपरी, सस्तोमा जग्गा बेच्दा पनि राज्यलाई महँगो कर !

काठमाडौं । घरजग्गा कारोबारमा राज्यको कर प्रणाली कति अव्यावहारिक छ भन्ने उदाहरण पछिल्ला घटनाले देखाएका छन्। बजारमा जग्गा र घरको मूल्य घटेर बिक्री भइरहेका छन्, तर मालपोत कार्यालयमा नामसारी गर्दा भने सरकारले तोकेको न्यूनतम मूल्यांकनअनुसार नै राजस्व तिर्नुपर्ने बाध्यता छ। व्यक्तिले आफ्नो सम्पत्ति आफूले चाहेको मूल्यमा बेच्न पाउनुपर्ने हो। तर, बिक्री मूल्यभन्दा सरकारी मूल्यांकन बढी हुँदा पनि त्यही मूल्यांकनका आधारमा ...

अनलाइनपाना
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी
Latest NewsJust now

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे। ...

कान्तिपुर
इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुँदै
Latest NewsJust now

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुँदै

काठमाडौँ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ । विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका १९ सांसदसहित कुल ६७ सांसदको समर्थन प्राप्त भएको दाबि गरिएको छ । यता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ...

कर्पोरट खबर
भाइटीका (कविता)
Latest NewsJust now

भाइटीका (कविता)

मखमली फूलको माला उनी बसी राख्नु ।भाइटीकामा आउने छुबैनी पर्खिबसी राख्नु ।।परदेशी तिम्रो दाजु फर्किएर आउ“दै छ ।धेरैपछि तिम्रा हातको टीका लाउ“दै छ ।। बाध्यता र विवशताले अझ पछ्याउ“दै छ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play