दोस्रो टी–२० मा न्युजिल्यान्डलाई हराउँदै भारतको शृङ्खलामा २–० को अग्रता

काठमाडौँ । भारतले न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको जित निकालेको छ । शनिबार भएको खेलमा जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले ४३ बलमा ७० रन बनाए भने बेभन ज्याकब्सले ५६ रनको योगदान दिए । भारतका अर्शदीप सिंहले दुई विकेट लिए । लक्ष्य पछ्याउने क्रममा भारतले सुरुवातमा विकेट गुमाएको थियो । एक समय ७० रनमा पाँच विकेट गुमाएर दबाबमा परेको भारतलाई तिलक वर्मा र नितिश कुमार रेड्डीले सम्हालेका थिए । तिलकले २६ बलमा अविजित ५१ रन बनाए भने नितिशले १३ बलमा अविजित २६ रन जोडे । यी दुईले सातौँ विकेटका लागि अविजित ६९ रनको साझेदारी गर्दै भारतलाई जित दिलाएका थिए । भारतले १८१ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्यान्डका मिचेल स्यान्टनरले चार विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका तिलक वर्मा खेलका उत्कृष्ट खेलाडी घोषित भए। पाँच खेलको शृङ्खलामा भारतले पहिलो खेल पनि चार विकेटले जितेको थियो । अब तेस्रो टी–२० खेल अक्टोबर २७ मा वेलिङ्टनमा हुनेछ । The post दोस्रो टी–२० मा न्युजिल्यान्डलाई हराउँदै भारतको शृङ्खलामा २–० को अग्रता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

हारको संघारमा पुगेको भारतको सनसनीपूर्ण जित, तिलक र नितिशले कोरे विजयरेखा
तिलकले २६ बलमा अविजित रहँदै ५१ रन बनाए भने नितिशले १३ बलमा अविजित रहँदै २६ रनको योगदान दिए। ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पो... ...


