दोस्रो खेलदेखि डेविड वार्नर आउन सक्छन् : काठमाडौंका प्रशिक्षक शरद

काठमाडौं । जनकपुर बोल्ट्ससँग पराजित भएपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद भेषावकरले दोस्रो खेलदेखि अस्ट्रेलियाका स्टार खेलाडी डेविड वार्नर टोलीमा उपलब्ध हुन सक्ने बताउनुभएको छ । पराजयपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भेषावकरले वार्नर दोस्रो खेलमा वा त्यसपछि टोलीमा जोडिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंले ब्याटिङमा राम्रो साझेदारी बनाउन सकेन । लगातार विकेट गुमाउँदा समस्या भएको र टोलीले अपेक्षाअनुसार १० देखि १५ रन कम बनाएको उहाँले बताउनुभयो । खेलका लागि परिस्थिति पनि सहज नरहेको उहाँको भनाइ थियो । जनकपुरको ब्याटिङ लाइनअपमा बायाँहाते ब्याटरको बाहुल्य रहेकाले सोहीअनुसार बलर प्रयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो । खेलाडी छनोटका विकल्प सीमित रहेको उल्लेख गर्दै विदेशी खेलाडी टोलीमा आएपछि आगामी खेलमा प्रदर्शन सुधार हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । प्रशिक्षक भेषावकरले जनकपुरका अनुभवी खेलाडी मोइन अली र हसन अलीबीचको साझेदारीलाई खेलको निर्णायक मोडका रूपमा व्याख्या गर्नुभयो । लक्ष्य सामान्य भए पनि आफ्ना खेलाडीले बलिङमा राम्रो प्रयास गरेको उहाँले बताउनुभयो । मुख्य प्रशिक्षकको जिम्मेवारी सहज नरहेको स्वीकार गर्दै उहाँले चुनौतीपूर्ण परिस्थितिमा राम्रो गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्नुभयो । जनकपुरका युवा बलर राहुल यादवको प्रदर्शनको प्रशंसा गर्दै भेषावकरले उहाँमा नेपाली क्रिकेटका लागि राम्रो सम्भावना रहेको बताउनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
.jpeg)
बेनी–दरबाङ–मुना सडकमा आवतजावत जोखिमपूर्ण
ठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) कात्तिक १२ गते । सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाध... ...

दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ
काठमाडौँ, कात्तिक १२ गते । दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१... ...

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील... ...

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा... ...


