Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित
Photo / Coverage: केन्द्रबिन्दु

महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् ।गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ । “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुख मै ताला लगाएजस्तो भयो” होटल व्यवसायी मोहन बहादुर सिंहले भने, “स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय धरायासी बन्यो ।” पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुल निर्माणमा रु २० करोड लागत लाग्नुका साथै पुल निर्माण सक्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ । “दसैँ तिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुँदा हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो”, सिंहले भने, “अझै पनि चार लेनको पुल हुँदै झोलुङ्गे पुल हेर्न आउँछन् तर हेर्ने वातावरण तयार भएको छैन ।” दूरीका हिसाबले छोटो पर्ने भएकाले दुई पाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीय पैदलयात्रा झोलुङ्गे पुलबाट गर्ने गरेका थिए । “महाकाली नदीमा पानी घटिसक्यो । अब त सरकारले पुल बनाउन थालनी गरिदिए हुन्थ्यो”, सिंहले भने, “पुल नबन्दासम्म वारिपारिका व्यवसायी निरास छन् । दैनिक रु आठ÷दश हजार कमाइ हुन्थ्यो । अहिले त ठप्प भयो ।” त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यो पटक भने सुनसान रहेको बताए “दसैँ तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक यहाँ अवलोकनका लागि आउँथे ।” वडाध्यक्ष बोहराले भने, “हिउँदका बेला शैक्षिक भ्रमणले यो क्षेत्रको व्यापार व्यवसाय राम्रै हुन्थ्यो ।” पुल बन्द अवस्थामा रहँदा यसको प्रभाव धेरैतिर परेको छ ।” उनले पुल पुनर्निर्माणका लागि तत्काल पहल हुनुपर्नेमा जोड दिए । “पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो ।” बोहराले भने, “तर स्थलगत रुपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन ।” पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड विनियोजन गरेको छ । यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताउछन् । उनले दोधारा चाँदनी पुल आवागमन सहजताका लागि मात्रै नभएर कञ्चनपुरको पर्यटकीयस्थलका रुपमा परिचित रहेको बताए ।“पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ”, अध्यक्ष मल्लले भने, “पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’
Latest NewsJust now

नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’मै कायम राखेको छ। ...

हाम्राकुरा
चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति
Latest NewsJust now

चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति

काठमाडाैँ । चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न... ...

रातोपाटी
तीन देशका राजदूतको एग्रिमो आयो
Latest NewsJust now

तीन देशका राजदूतको एग्रिमो आयो

काठमाडौँ । नेपाल सरकारले सिफारिस गरेका १० देशका राजदूतमध्ये तीन देशका राजदूतको एग्रिमो प्राप्त भएको छ । परराष्ट्र मन्त्रालयका स्रोत अनुसार भारत र चीन र इजरायलका राजदूतका लागि सम्बन्धित देशबाट... ...

रातोपाटी
छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
Latest NewsJust now

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी दिएका छन् । ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play