Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

दैवज्ञ प्रतिष्ठानबाट सम्मान तथा पुरस्कारको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैवज्ञ प्रतिष्ठानबाट सम्मान तथा पुरस्कारको घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काडमाडौं । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट वरिष्ठ कवि कञ्चन पुडासैनी, दैवज्ञ साहित्य पुरस्कारबाट वरिष्ठ कवि एवं नियात्राकार निर्मोही व्यास (प्राडा.वेदव्यास उपाध्याय न्यौपाने), दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार एवं बालसाहित्य स्रष्टा तेजप्रकाश श्रेष्ठ र दैवज्ञ समाजसेवा पुरस्कारबाट नेपाली शिक्षा परिषद् (अध्यक्ष, साहित्यकार रमा शर्मा) सम्मानित एवं पुरस्कृत हुनुहुने भएको छ । प्रतिष्ठानले प्रेरणा पुरुष कवि दैवज्ञराज न्यौपानेको पचासौं जन्मदिवस तथा पन्ध्रौं स्मृतिदिवसका सन्दर्भमा मंसिर २९ गते एक समारोहको आयोजना गरी उक्त सम्मान तथा पुरस्कार समर्पण गरिने जानकारी गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
Latest NewsJust now

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना... ...

रातोपाटी
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक... ...

रातोपाटी
‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित
Latest NewsJust now

‘परिवेश’ ५२औं शृंखलामा, कलाकार तथा प्राविधिक सम्मानित

काठमाडौं । निरन्तर प्रसारण हुँदै आएको टेलिसिरियल ‘परिवेश’ ५२औं शृंखलामा प्रवेश गरेको छ । सिरियलले ५२ भागको यात्रा पूरा गरेको अवसरमा आइतबार काठमाडौंको जरङखुस्थित साझा पार्टी प्यालेसमा कलाकारलाई सम्मान गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्र तथा संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा सिरियलका कलाकार, प्राविधिक तथा निर्माण टोलीका सदस्यहरूलाई ...

हिमालय टाइम्स
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
Latest NewsJust now

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play