Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने
Photo / Coverage: नेपालन्युज

दैलेख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ ।’ सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । उनले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको बताए । नेपाल र चीनबीचको समझदारीअनुरुप २०७६ साल फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । ‘हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,’ सभापति लामिछानेले भने, ‘यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।’ यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमबीबीएस र नर्सिङमा विद्यार्थीको ओइरो, जनस्वास्थ्यमा खडेरी
Latest NewsJust now

एमबीबीएस र नर्सिङमा विद्यार्थीको ओइरो, जनस्वास्थ्यमा खडेरी

काठमाडौँ । शैक्षिक सत्र २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षे तथ्याङ्कले चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थी भर्ना र सिट संख्या दुवैमा वृद्धि भएको देखाएको छ । तर सबै विधामा विद्यार्थीको... ...

रातोपाटी
वाडाङ्मी (पापानी) पर्वका अवसरमा धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा
Latest NewsJust now

वाडाङ्मी (पापानी) पर्वका अवसरमा धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

गाउँपालिकाले बिदासम्बन्धी सूचना जारी गर्दै गाउँपालिका तथा पालिकाअन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थालाई बिदा कार्यान्वयन गर्न अनुरोध गरेको छ । ...

कान्तिपुर
सुशासनमा मिडिया
Latest NewsJust now

सुशासनमा मिडिया

सञ्चार माध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवर्धनका निम्ति सदैव सत्यतथ्य सूचना प्रवाह गर्नु पर्छ । राज्यको चौथो अङ्ग भएका कारण सरकार तथा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement