देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

काठमाडौँ । नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेकाअनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक क्रियाकलापबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्त बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयहरूमा कमान्ड सेन्टर स्थापना गरिएको छ । केन्द्रको एकीकृत सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकता अनुसारका विशिष्ट योजनाहरू तर्जुमा गरी कार्यान्वयन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, चाडपर्वको समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरेको छ । विशेष गरी काठमाडौँको नागढुङ्गा हुँदै चितवन जोड्ने सडकखण्ड र प्रमुख लोक मार्गहरूमा निगरानी तिब्र पारिएको काफ्लेले बताए। यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागूपदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) को कडा जाँच शुरु गरिएको छ । साथै, यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायहरूसँग समन्वय गरी गाडीको यान्त्रिक परीक्षण (मेकानिकल टेस्ट) गरेर मात्र लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए । उनले भने, ‘देशभरका सीमावर्ती क्षेत्रमा १०८ वटा नागरिक सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । दशैँ मनाउन सीमापारिबाट आउने नागरिकलाई लुटपाट, ठगी तथा आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्षहरू सञ्चालनमा छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश, उपत्यका तथा जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका बस छुट्नुअघि चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण र सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । साथै, लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानूनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले जानकारी दिए। The post देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सर्वज्ञरत्न तुलाधरको मुद्दाबाट संसद्ले सिक्नुपर्ने पाठ
राज्यशक्तिको वास्तविक मर्यादा त्यसको असीमित प्रयोगमा कहिलेपनि रहँदैन। वास्तविक मर्यादा सधैँ स्वेच्छाचारितालाई निषेध गर्ने संवैधानिक अनुशासनको अभिप्रायमा निहित रहेको हुन्छ। यही धरातलमा शक्ति पृथकीकरण र नियन्त्रणको सिद्धान्तको आधारस्तम्भ टिकेको छ।... ...

मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ । महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् । अमेरिकामा खाद्यान्न, घरभाडा ...

अमेरिकाको मध्यावधि निर्वाचनमा कडा प्रतिस्पर्धा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा संसद्को नियन्त्रण निर्धारण गर्ने मध्यावधि निर्वाचनअन्तर्गत नोभेम्बर ३ मा मतदान हुँदै छ। बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्रेटहरूलाई रिपब्लिकनका बलिया क्षेत्रमा समेत चुनौती दिने अवसर दिएको छ। तर निर्वाचन क्षेत्रको पुनःसीमांकन र चुनावी खर्च वृद्धिले परिणाम अनिश्चित बनाएको छ। स... ...



