देशभर महानवमी पर्व मनाइँदै, शक्तिपीठमा भक्तजनको भीड

काठमाडाैं । दुर्गा भवानीको विशेष पूजाआराधना गरी आज देशभर महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ । महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवीलाई चढाउनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ । यस दिन पशुबलि दिने चलनसमेत रहेको छ। विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिइन्छ । कतिपय स्थानमा पञ्चबलि दिने प्रचलन पनि छ । पशुबलि नदिने तथा शाकाहारीले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिका रूपमा चढाउने गर्छन् । यसका साथै पायस पनि अर्पण गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाे विश्वास छ । यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिने गरिन्छ । नवरात्रको अन्तिम दिन महानवमीमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने परम्परा छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ । महानवमीसँगै दसैँको धार्मिक र सांस्कृतिक उल्लास थप बढेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न तयार रहेको बताएका छन् ...

कुन सडकको कस्तो छ अवस्था ?
काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू... ...

चितवनका तीन हजार तीन सय ६२ मतदाताको नाम हटाइयो नामावलीबाट
दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता परित्याग गरेका मतदाताहरूको नामावली हटाइएको हो। ...

अमेरिका-चीन प्राविधिक प्रतिद्वन्द्विता : अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै
अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै ...


