Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

देशका १० जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशका १० जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ
Photo / Coverage: विश्वखबर

काठमाडौं – प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । उनीहरू बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट पक्राउ परेका हुन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका छन् । त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र सोही उपमहानगरपालिकाको दुर्गापथबाट एक जना पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना तथा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना र मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायतका औषधि बरामद गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play