काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ । हाल बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवाँलो लागेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । त्यस्तै, राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post देशका विभिन्न स्थानमा हुस्सु, तुवाँलो लाग्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
देशका विभिन्न स्थानमा हुस्सु, तुवाँलो लाग्ने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






