Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

देशका विभिन्न राजमार्गमा अवरोध, केही खण्ड एकतर्फी सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशका विभिन्न राजमार्गमा अवरोध, केही खण्ड एकतर्फी सञ्चालन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। बाढी, पहिरो र सडक निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको वडा नम्बर ९ स्थित पिनथली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा कात्तिक १४ गते बिहान ४:५५ बजे खसेको पहिरो पन्छाएपछि सवारी साधन चल्न थालेका हुन्। सोही प्रदेशको पृथ्वी राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि सडक बन्द गरिएको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशको गोरखामा बाढीले क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा ठप्प छ। आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल असोज २५ गते बिहान ५:३० बजेदेखि बन्द रहेको छ। यसैगरी लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डमा कात्तिक १५ गते बिहान ४:१५ बजे पहिरो गएपछि हाल एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशमा पनि सुर्खेतस्थित कर्णाली राजमार्गको बराहताल गाउँपालिका वडा नम्बर ७ औलिसेमा कात्तिक १४ गते बिहान ५:५५ बजे खसेको पहिरोका कारण एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु
Latest NewsJust now

टिचिङ अस्पतालमा डा गोविन्द केसीको उपचार सुरु

इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको बिहीबारदेखि इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।  तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठ... ...

नेपालखबर
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
Latest NewsJust now

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक ...

अर्थ सरोकार
फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई
Latest NewsJust now

फोटोनका १४ ईभी टीएम१ पिकअप भाटभटेनी सुपरमार्केटलाई

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। योसँगै भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्... ...

नेपालखबर
संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग
Latest NewsJust now

संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play