काठमाडौं। प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। पक्राउ पर्नेहरूमा बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार बर्दियाको गुलरिया-११ बाट एक, कञ्चनपुरको लालझाडी-६ बाट चार र सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट दुई जना पक्राउ परेका छन्। त्यस्तै, धरान उपमहानगरपालिकाका दुई फरक स्थानबाट दुई जना पक्राउ परेका छन्। दाङको तुलसीपुर-५ बाट एक, कैलालीको भजनी-३ बाट एक, झापाको बिर्तामोड-८ बाट एक र मकवानपुरको हेटौँडा-११ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी, चितवनको भरतपुर-११ बाट चार जना, ललितपुरको गोदावरी-८ बाट एक जना र मोरङको रङ्गेली-४ बाट तीन जना पक्राउ परेका हुन्। अभियुक्तहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोललगायतका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






