भैरहवा।रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अमर्यादित नृत्य गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट नियन्त्रणमा लिइएको हो। देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक संस्कृति र सामाजिक मर्यादाविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले चाडपर्वका सांस्कृतिक कार्यक्रममा अमर्यादित गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता कार्य गरे कानुनी कारबाही हुने चेतावनी दिएको छ।
देउसी–भैलोमा अमर्यादित नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज



![भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/ev-accident-83-7-26-bhimphedi%20(1).jpeg)


