काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बस्नेतले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले पार्टी सभापति गगन थापामाथि पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए । थापाले आफूलाई मात्रै केन्द्रमा राखेर अरूलाई बेवास्ता गर्ने व्यवहार देखाएको उनको भनाइ छ । पटक–पटक चुनाव जित्दै आएका नेताहरूलाई टिकट नदिएको र पहिले नै क्रियाशील सदस्यता अद्यावधिक गराएका व्यक्तिलाई समेत नचिनेको भन्दै अप्रिय व्यवहार गरिएको बस्नेतले बताए । यस्तै व्यवहारका कारण आफूहरूले छुट्टै महाधिवेशन गर्नुपरेको उनको दाबी छ ।
देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






