Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे । उनले भने, ‘काठमाडौँ जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा।’ देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए । उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे । उनले भने, ‘यस बेला सभापति म थिएँ । मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ । मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ । सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस् । कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो ।’ उनले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताए । उनले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन। त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ। त्यसकारण जिल्ला अदालतमा मुद्दा हालेका थियौँ हामीले।’ देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषयसमेत सार्वजनिक रूपमा बोलेको दाबी गरे । साथै उनले पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी किन्न खोजिएको आरोप लगाए । उनले भने, ‘इलाम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो । त्यो पैसा दिएर अब पार्टी किन्दियो । पैसामा पार्टी बेच्दिने अब हामीले?’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं
OthersJust now

इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं

इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् । इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् । उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत व्यवस्थापन गर्न र त्यसको प्रभावकारी उपयोगका लागि सावधानीपूर्वक तथा गम्भीर योजना बनाउन बाधा पु¥याउन नहुने पनि बताएका छन्… ...

अनलाइन खबर
धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)
OthersJust now

धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ । रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । परिचयमोडदेखि मन्दिर परिसर हुँदै ५२ ढोका भएको घरसम्मको सडक झिलिमिली बत्तीले… ...

अनलाइन खबर
एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो
OthersJust now

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हरायो। यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो । काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ ...

पर्दाफास
आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?
OthersJust now

आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?

बेन्जामिन नेतान्याहुविरुद्ध कुन-कुन मुद्दा चलिरहेका छन्, तिनमा अब के हुन्छ र आइजेनकोटको सरकारमा मुस्लिम समुदायको प्रभाव कस्तो रहन्छ भन्ने चर्चा सुरु भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play