Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तर्क्रियामा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारीबाट कुनै पनि पक्ष पन्छिन नमिल्ने बताए । मन्त्री तिमिल्सिनाले लामो समयसम्म दूरसञ्चार क्षेत्रको ध्यान सेवा विस्तार र पहुँचमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गरे । राजधानी काठमाडौंमै नियमित टेलिफोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो । सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएर नागरिकलाई डिजिटल माध्यममा जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उनले त्यसका लागि गुणस्तरीय इन्टरनेट र दूरसञ्चार सेवा अनिवार्य भएको बताए । गुणस्तरीय सेवा विलासिता नभई नागरिकको न्यूनतम आवश्यकता भएको उनले स्पष्ट पारे । सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता दिन नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अनुमतिपत्र तथा सम्झौतामा गरिएका प्रतिबद्धताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । गुणस्तरीय सेवा प्रदान गरेर मात्रै व्यवसायबाट नाफा कमाउनुपर्ने उनको भनाइ थियो। उनले सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति विकास गर्नुपर्ने बताउँदै गल्ती गर्नेले त्यसको जिम्मेवारी लिनुपर्ने र कारबाहीको भागीदार हुनुपर्ने उल्लेख गरे । अनुरोध र पत्राचारले मात्र सुधार सम्भव नहुने भन्दै उनले कानुनी अधिकार प्रयोग गरेर प्रभावकारी नियमन गर्न प्राधिकरणलाई आग्रह गरे । कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नु नियामक निकायको अधिकार मात्र नभई दायित्वसमेत भएको उनले बताए । सेवा प्रदायकले कानुनविपरीत काम गर्दा कारबाहीमा पर्ने अवस्था सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो । अनुमतिपत्र लिँदा गरिएका प्रतिबद्धता र सर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कानुन र नियामकको निर्देशनलाई चुनौती दिएर बजारमा चलखेल गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नभएको बताए । सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उनले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको उल्लेख गरे । सेवा प्रदायकले पहिले आफ्ना कानुनी तथा व्यावसायिक दायित्व पूरा गर्नुपर्ने र त्यसपछि नियामक निकायले कमजोरी तथा कानुन उल्लङ्घनका घटनामा प्रभावकारी कारबाही गर्नुपर्ने उनको धारणा थियो । मन्त्री तिमिल्सिनाले सेवा प्रदायक र नियामक निकायबीच नियमित संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै प्राधिकरणले आफ्नो कानुनी अधिकारअनुसार स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए । मन्त्रालयले कसलाई के कारबाही गर्ने भनेर निर्देशन दिनेभन्दा पनि नियामकले आफ्नो अधिकार र जिम्मेवारीअनुसार निर्णय गर्नुपर्ने उनको भनाइ थियो। दूरसञ्चार क्षेत्रलाई आम नागरिकले भ्रष्टाचार र अनियमितताको अखडाका रूपमा हेर्न थालेको उल्लेख गर्दै उनले यस क्षेत्रको छवि सुधार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। इन्टरनेटको मूल्य वृद्धिबारे गलत सूचना फैलाउने, बजारमा अफवाह सिर्जना गर्ने र उपभोक्तालाई भ्रममा पार्ने गतिविधि पनि स्वीकार्य नहुने उनले उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने
Latest NewsJust now

नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने

नेपथ्यले आगामी डिसेम्बर ७ मा एडिलेडबाट सांगीतिक यात्रा शुरु गर्दै मेलबर्नमा १४, सिड्नीमा १९ हुँदै २७ डिसेम्बरमा पर्थमा टुरको समापन गर्ने भएको छ । ...

कान्तिपुर
बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
Latest NewsJust now

बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै

काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको पत्र प्राप्त भएसँगै सडक विभागले आगामी... ...

रातोपाटी
नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?
Latest NewsJust now

नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?

काठमाडौं । नेपालमा वर्षेनी जनावरको बोसो आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा मात्रै भारतबाट ६ हजार ४६७ सय मेट्रिकटन बोसो आयात भएको छ । यसको मूल्य ९२ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सरकारले १७ करोड २४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्ला पाँच ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग
Latest NewsJust now

भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भोटेकोशी (रसुवा–नुवाकोट) बाढीका वास्तविक सुकुमवासीको छिटो पहिचान गरी एकद्वार प्रणालीबाट सुरक्षित आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन माग गरेका छन् । उनले विस्थापित पीडितहरूले राज्यव्यवस्थाबाट निगाह नभई मौलिक हक र प्राकृतिक न्यायको नियमअनुरूप न्यायोचित व्यवहार खोजेको स्मरणसमेत गराएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement