नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं सहित विभिन्न स्थानहरुमा छुट्टाछुट्टै सेलुलर फ्रिक्वेन्सी ब्याण्डहरुमा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। प्राधिकरणले मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम (एमआरएसएमएस) को प्रयोग गरी काडमाडौं, भक्तपुर, कास्की, र तनहुँ लगात विभिन्न स्थानमा अनुगमन गरेको प्राधिकरणले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार काठमाडौंको तीनचुली, बबरमहल, भद्रकाली, सुन्धारा, साँखु र दक्षिणकाली, ललितपुरको महालक्ष्मी चोक, जावलाखेल, पुल्चोक, सातदोबाटो र चापागाउँ, भक्तपुरको तेलकोटका साथै कास्कीको महेन्द्रपुल र जिरो किलोमिटर, तनहुँको दमौलीमा अनुगमन गरिएकाे थियो। प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित अनलाइसेन्ड/आईएसइम ब्याण्डहरुमा भइरहेको फ्रिक्वेन्सी प्रयोगबारे पुल्चोक, ललितपुर क्षेत्रमा पनि अनुगमन गरेको थियो। निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले प्राधिकरणबाट पूर्व स्वीकृत प्राप्त गरेका माइक्रोवेभ लिंकहरु (३७८ वटा) रद्द गर्न अनुरोध गरेको र सो फ्रिक्वेन्सीको प्रयोग रहे/नरहेको पनि अनुगमन गरिएको प्रधिकरणले जनाएको छ। फाइभजी परीक्षणमा प्रयोग भएको फ्रिक्वेन्सी तथा उपकरणको प्रयोगको अवस्थाको बारे नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बिरगन्ज (पर्सा), महेन्द्रपुल (पोखरा) र बबरमहल, सुन्धारा (काठमाडौं) कार्यालयमा जडान भएको ५जी उपकरणको स्थलत निरीक्षण एवं सो क्षेत्रमा स्थलगत फ्रिक्वेन्सी अनुगमन गरेको थियो। २३०० मेगाहर्ज ब्याण्डमा नेपाल टेलिकमले उक्त फ्रिक्वेन्सी उपयोग वा सेवा सञ्चालन गरे/नगरेको पनि अनुगमन गरिएको थियो। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित भीएचएफ कम्युनिकेसन अन्तर्गत एप्रोज कन्ट्रोल तथा एरिया कन्ट्रोल सेन्टरका भीएचएफ फ्रिक्वेन्सीहरुमा र्यान्डम नोइस/इन्टरफेरेन्स का बारेमामा प्राधिकरणको मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम (एमआरएसएमएस) को प्रयोग गरी अनुगमन सम्पन्न भएको र ती प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयमा पेश गरेको प्रधिकरण प्रतिवेदनमा उल्लेख गरेको छ। The post दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन appeared first on Technology Khabar.
दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






