दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक

सरकारले दूरसञ्चार क्षेत्रको स्वायत्त निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचना तथा सञ्चार मन्त्रालयको अधिनमा राख्ने प्रपञ्चका साथ नयाँ दूरसञ्चार मस्यौदा ल्याएको छ। टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको सो दूरसञ्चार विधेयक मस्यौदामा यसअघिकै मस्यौदाहरुको हुबहु व्यवस्थालाई सारेर प्राधिकरणमा सह सचिवहरुलाई पठाउने योजना गरेको देखिन्छ। सञ्चार मन्त्रालयले छलफलका लागि तयार पारेको सो मस्यौदाअनुसारकै विधेयक पारित भएमा उक्त विधेयकले हालसम्म स्वायत्त निकायको रुपमा रहेको प्राधिकरणलाई सिधै मन्त्रालय मातहतको विभागको रुपमा सञ्चालन गराउनेछ। यसले स्पष्टरुपमा अहिलेको प्राधिकरणको स्वायत्तता र हैसियत गुम्ने देखिन्छ। विधेयकले प्राधिकरणका बोर्ड सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव तथा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिवको पद थप गरेको देखिन्छ। यस्तै उक्त मस्यौदामा कम्तीमा दुई जना महिला सहित समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था राखिएको छ। यस बाहेक प्राधिकरणका अधिकृत कर्मचारीहरुमध्येबाट एक जनाले प्राधिकरणको सचिव भई काम गर्ने प्रावधान समेत थप गरिएको छ। हालको दूरसञ्चार ऐन २०५३ अनुसार प्राधिकरणमा अध्यक्षसहित ५ सदस्यिय बोर्डको व्यवस्था गरिएको छ। जसमा अध्यक्ष बाहेक ४ जना सदस्यहरुलाई सम्बन्धित क्षेत्रका विषय विज्ञहरुको रुपमा नियुक्त गर्ने प्रावधान छ। तर नयाँ विधेयकको मस्यौदाले भने अब प्राधिकरणको बोर्डमा दुई निजामती कमर्चारीहरुलाई पठाएर आफू अनुकुल निर्णय गराउने सरकारको तयारी रहेको देखिन्छ। यसले मन्त्रालय र प्राधिकरण बिचको भिन्नतालाई समेत कुल्चिने देखिन्छ। तर सोही मस्यौदा विधेयकमा प्राधिकरणको अध्यक्ष र सदस्यहरुको नियुक्तिका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने र सो समितिको सदस्य-सचिवमा सहसचिवनै हुने व्यवस्था रहेको छ। यसले स्पष्टरुपमा सरकारको स्वार्थ बाझिएको देखिन्छ। यस विषयमा जानकार दुई व्यक्तिहरुले टेक्नोलोजीखबरसँग यस मध्येका विषयहरु संसोधन वा हटाईनुपर्ने नत्र यसले स्वार्थको द्वन्द सिर्जना गर्ने बताए। “यसमा राखिएका कतिपय प्रावधानहरु एक आपसमा बाझिएका देखिन्छन्,” पहिलो स्रोतले भन्यो यसले नयाँ मस्यौदा पनि यसअघिकै मस्यौदा जस्तो देखिएको छ।” यसैगरी अर्का जानकारले प्राधिकरणलाई ससक्त निकाय बनाउन सहसचिवलाई सदस्य बनाएपनि सिफारिस समितिको व्यवस्थालाई संसोधन गर्नुपर्ने बताए। “नेपाल राष्ट्र बैंकको जस्तै बनाउने हो भने सदस्यहरुको विषय ठिकै छ तर सिफारिस समितिलाई लोकसेवा आयोग मातहतमा लानुपर्छ,” अर्का जानकारले टेक्नोलोजीखबरलाई भने। यसबाहेक नयाँ मस्यौदामा प्राधिकरणले आफ्नो वार्षिक बजेट समेत मन्त्रालयबाट सहमति लिएर मात्र लागू गर्नुपर्ने प्रावधान राखिएको छ। हालको ऐनमा यस्तो व्यवस्था छैन्। तर पछिल्लो समयमा प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम मन्त्रालयमा पठाएर स्वीकृत गराईँदै आएको देखिन्छ। नयाँ व्यवस्थाले मन्त्रालयलाई आफू अनुकुल मात्र नीति र कार्यक्रमहरु ल्याउन प्राधिकरणलाई दबाब दिने बाटो खुला गरेको देखिन्छ। The post दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात
नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ। यस अवधिमा १८ अर्ब ८१ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको ८ लाख ११ हजार २६७ थान स्मार्टफोन आयात भएको हो। चालु आवको यो अवधिमा ...

चाडपर्वमा बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरमा आकर्षक अफर: ५० हजार छुट र ३० हजार अतिरिक्त एक्सचेन्ज भ्यालु!
१३ कात्तिक, काठमाडौं। बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज REGO (Bajaj REGO) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। “चाडपर्वको बहार, REGO मा ५० हजार!” नारासहित ल्याइएको यस अफरले नेपाली ग्राहकहरूलाई थप सहज र किफायती दरमा नयाँ इलेक्ट्रिक थ्री-व्हीलर खरिद गर्ने […] The post चाडपर्वमा बजाज ...

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
१३ कात्तिक, काठमाडौं। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी […] The post टिकटकद्वारा सन् ...

एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने
सामसङ इलेक्ट्रोनिक्सले बिहीबार त्रैमासिक चिप नाफा १५ गुणाले बढेको जनाएको छ। कृत्रिम बुद्धिमतासम्बन्धी प्रविधिको तीव्र विकासले कम्पनीलाई फाइदा पुगे पनि सेयरधनीलाई प्रतिफल दिने नयाँ योजनाको घोषणा नगरेको र प्रतिस्पर्धी एसके हाइनिक्सको तुलनामा कम आशावादी व्यावसायिक दृष्टिकोण प्रस्तुत गरेपछि कम्पनीको सेयर मूल्य घटेको छ। बुधबार एसके हाइनिक्सले अपेक्षाभन्दा राम्रो आम्दानी विवरण सार्वजनिक गर्दै यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब अमेरिकी डलर फिर्ता गर्ने ...


