धुलिखेल । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गर्दै क्रिसमस तथा नयाँ वर्षको तयारी सुरु गरेको छ । आइतबार आयोजित समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सहभागी पाहुनाहरूले रिसोर्टको पाक टोलीसँग मिलेर ड्राइ फ्रुट्स, नट्स तथा अन्य विशेष सामग्री मिसाएका थिए । क्रिसमसअघि गरिने केक मिक्सिङ समारोहलाई समृद्धि, प्रचुरता र आपसी सद्भावको प्रतीकका रूपमा लिने गरिन्छ । यसरी तयार पारिएको मिश्रणबाट क्रिसमसका लागि विशेष केक बनाउने परम्परा छ । कार्यक्रममा रिसोर्टका कर्मचारीहरूले पनि सामूहिक रूपमा सहभागिता जनाएका थिए । रिसोर्टले यस समारोहलाई आतिथ्य, आपसी सम्बन्ध र टिम भावनाको उत्सवका रूपमा लिएको जनाएको छ । त्यस्तै, कार्यक्रममा दुसितको पहिचानका रूपमा रहेको वेलनेस सेवालाई समेत समावेश गरिएको थियो । पाहुनाहरूले रिसोर्टमा उपलब्ध विभिन्न वेलनेस थेरापीको अनुभव लिएका थिए । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलका महाप्रबन्धक अंकित शर्माले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गरेर साझेदार तथा पाहुनाहरूसँग चाडपर्वको खुसी साट्न पाउँदा उत्साहित भएको बताए । उनले यस्तो कार्यक्रम चाडपर्व मनाउने माध्यम मात्रै नभई अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने र विभिन्न क्षेत्रका मानिसलाई एकै ठाउँमा जोड्ने अवसर भएको बताए । यसलाई आगामी वर्षदेखि वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिने योजना रहेको उनको भनाइ छ । थाइल्यान्डको आतिथ्य समूह दुसित इन्टरनेसनलसँग आबद्ध यो रिसोर्ट काठमाडौंबाट करिब ३० किलोमिटर पूर्वमा धुलिखेलमा अवस्थित छ । हिमाली दृश्य, सूर्योदय र शान्त वातावरणका कारण परिचित धुलिखेल सप्ताहान्त भ्रमण, पारिवारिक बिदा तथा कर्पोरेट कार्यक्रमका लागि लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । रिसोर्ट नजिकै रहेका नमोबुद्ध र ऐतिहासिक पनौती बजारले समेत पर्यटकलाई थप आकर्षित गर्दै आएका छन् । चाडपर्वको मौसममा यस्ता कार्यक्रममार्फत धुलिखेललाई उत्सव तथा मनोरञ्जनका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने रिसोर्टको लक्ष्य रहेको छ ।
दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’ समारोह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






