Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दुवै मिर्गौला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुवै मिर्गौला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !
Photo / Coverage: नेपालन्युज

खोटाङ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पेशलकुमार मगर र दुर्गा आलेमगर आफ्ना चार वर्षीय छोरा प्रिजलको दुवै मिर्गौला फेल भएपछि खर्च अभावका कारण थप उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन्। यही कात्तिक १२ गते सामान्य वान्ता गरेपछि कान्तिबाल अस्पताल काठमाडौंमा पुर्‍याइएका छोराका दुवै मिर्गौलाले काम नगरेको र थप उपचारका लागि भारततर्फ लैजानुपर्ने सुझाव सम्बन्धित चिकित्किसबाट आएसँगै अहिले उनीहरू थप समस्यामा परेका छन्। आफन्त तथा भाइसाथीको सरसापटीमा कान्ति बालअस्पतालमा यही कात्तिक १३ गते भर्ना गरिएका प्रिजलको अहिले सोही अस्पतालको आइसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ। बुवा पेशलका अनुसार जसोतसो स्वदेशमै उपचार गराइरहेको अवस्थामा थप उपचारका लागि गम्भीर बिरामी अवस्थामा रहेका छोरालाई विदेश लैजानुपर्ने सुझाव चिकित्सकबाट आएपछि बाध्य भई मनकारीजनसँग हात थाप्नु पर्ने अवस्था आएको छ। अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाब समेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। दिनानु दिन स्वास्थ्य अवस्था बिग्रँदै गएको प्रिजललाई कान्तिबाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको उनले बताए। “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गराइरहेका छौं। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेका छन्। विदेशमा लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उनले भने, “भारतको अस्पतालमा उपचार गर्न एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो। यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइ दिन अनुरोध गर्दछु।” जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिन हुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔं’ अभियान सुरु गरिएको छ। प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग संकलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प
Latest NewsJust now

इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः... ...

रातोपाटी
काठमाण्डुले गुमायाे ३ विकेट
Latest NewsJust now

काठमाण्डुले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाण्डु गोर्खाजले ३ विकेट गुमाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाण्डुले ९ ओभर ३ बलमा ३... ...

रातोपाटी
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली
Latest NewsJust now

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो । ...

कान्तिपुर
स्याफ्रुबेँसीमा आवतजावत सहज
Latest NewsJust now

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play