Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !
Photo / Coverage: केन्द्रबिन्दु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पेशलकुमार मगर र दुर्गा आलेमगर आफ्ना चार वर्षीय छोरा प्रिजलको दुवै मिर्गाैला फेल भएपछि खर्च अभावका कारण थप उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन् । यही कात्तिक १२ गते सामान्य वान्ता गरेपछि कान्तिबाल अस्पताल काठमाडौँमा पुर्‍याइएका छोराका दुवै मिर्गाैलाले काम नगरेको र थप उपचारका लागि भारततर्फ लैजानुपर्ने सुझाव सम्बन्धित चिकित्किसबाट आएसँगै अहिले उनीहरू थप समस्यामा परेका छन् । आफन्त तथा भाइसाथीको सरसापटीमा कान्ति बालअस्पतालमा यही कात्तिक १३ गते भर्ना गरिएका प्रिजलको अहिले सोही अस्पतालको आइसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ । बुवा पेशलका अनुसार जसोतसो स्वदेशमै उपचार गराइरहेको अवस्थामा थप उपचारका लागि गम्भीर बिरामी अवस्थामा रहेका छोरालाई विदेश लैजानुपर्ने सुझाव चिकित्सकबाट आएपछि बाध्य भई मनकारीजनसँग हात थाप्नुपर्ने अवस्था आएको छ । अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएको प्रिजललाई कान्तिबाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको उनले बताए । “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गराइरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेका छन् । विदेशमा लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उनले भनिन्छ, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध गर्दछु ।” जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताएका छन् । ‘प्रिजल मगर बचाऔँ’ अभियानका सदस्यहरुले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहने महानुभावका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २२७०१००००३१९००१० अथवा क्यूआर उपलब्ध गराइएको छ । छोराको गुणस्तरीय शिक्षाका लागि राजधानी काठमाडौँमा कोठा भाडामा बस्दै आएको अवस्थामा एकमात्र सन्तान प्रिजलको दुवै मृगौला फेल भएको जानकारी अस्पतालबाट पाएसँगै तिहार पर्व विशेषमा परिवार तथा आफन्तजन र छरछिमेक सबै चिन्तित रहेको बताउँदै पेशल दम्पत्तिले दुवै मृगौला फेल भई उपचारका लागि भारत लैजानुपर्ने छोराको उपचारका लागि सक्दो सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाेखराकाे पहिलो जित, कर्णाली ६३ रनले पराजित
Latest NewsJust now

पाेखराकाे पहिलो जित, कर्णाली ६३ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८ ओभर ३ बलमा १५४ रन बनाउँदा... ...

रातोपाटी
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन
Latest NewsJust now

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली याक्समाथि पोखराले ६३ रनको रवाफिलो जित निकालेको हो । पाँच खेलमा सुरुवातका ४ खेल लगातार हारेर प्लेअफको यात्रा कठिन बनाएको पोखराले आज पहिलो जित आफ्नो पोल्टामा पारेको हो । पोखराले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स ...

केन्द्रबिन्दु
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Latest NewsJust now

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play