Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली याक्समाथि पोखराले ६३ रनको रवाफिलो जित निकालेको हो । पाँच खेलमा सुरुवातका ४ खेल लगातार हारेर प्लेअफको यात्रा कठिन बनाएको पोखराले आज पहिलो जित आफ्नो पोल्टामा पारेको हो । पोखराले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स १८.३ ओभरमा १५४ रनमै अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले ३१ बलमा ३२ रन जोडे भने आरिफ इस्लामले २४ रन र दिपक प्रसाद डुम्रेले ७ बलमा २२ रन बनाए। त्यस्तै, कप्तान सोमपाल कामीले २१ रन र सूर्य तामाङले १३ रन योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। पोखराका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा माहेदी हसनले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे । यसैगरी, धनञ्जय लक्षन, कुशल भुर्तेल र विपिन खत्रीले समान २-२ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रनको विशाल स्कोर बनाएको थियाे । याे सिजनकै अहिलेसम्मको सर्वाधिक ठूलो स्कोर हाे । पोखराका लागि युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको उत्कृष्ट इनिङ्स खेले। उनको यो एनपीएलमा पहिलो शतक हो र एनपीएल तेस्रो सिजनमा उनी शतक हान्ने पहिलो खेलाडी पनि बने । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । त्यस्तै, कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ७ छक्काको मद्दतले ६२ रनको अर्धशतकीय पारी खेले। यसबाहेक कप्तान चामिका करुणारत्नेले मात्र ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३५ रनको विस्फोटक नटआउट योगदान दिए भने सन्नी बिक ३ रनमा अविजित रहे। कर्णाली याक्सतर्फ बलिङमा सोमपाल कामीले २ विकेट र मार्क वाटले १ विकेट लिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ सुरु भएकै दिन प्रतिवेदन सार्वजनिक : २०२६ मा रेकर्डमाथि रेकर्ड, २०२७ अझ तातो हुने चेतावनी
Latest NewsJust now

कोप–३१ सुरु भएकै दिन प्रतिवेदन सार्वजनिक : २०२६ मा रेकर्डमाथि रेकर्ड, २०२७ अझ तातो हुने चेतावनी

काठमाडौँ । सन् २०२६ मा विश्वले सामना गरेका जलवायु तथा मौसमसम्बन्धी चरम घटनाहरू आगामी वर्ष पनि जारी रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्व मौसम विज्ञान संगठन ९डब्लूएमओ० ले सोमबार... ...

रातोपाटी
पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित
Latest NewsJust now

पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। आज सम्पन्न आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले ...

नेपालन्युज
कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ
Latest NewsJust now

कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्। बालिकामाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको ...

केन्द्रबिन्दु
चितवनले टस जितेर बलिङ रोज्यो
Latest NewsJust now

चितवनले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजले टस जितेर ब्याटिङ राजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजसँग टस जितेर चितवनका कप्तान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play