Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन । उनीका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ। गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताइन। मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाइएकाभन्दा आकर्षक र बलिया हुने उनी बताउँछिन्। ’दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्‍याएको छ, उनीले भनिन्न। गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताइन। पात संकलन गरेर मात्रै पनि दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म कमाउन सकिन्छ । ’लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ। घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,’ पौडेलले भनिन्न । उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको सञ्चालक मञ्जु रेग्मीले बताइन। गबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा रु दुई र थोकमा १०० वटाको रु १९० मा बिक्री हुने गरेको छ। चारकुने टपरी खुद्रामा प्रतिगोटा सात र थोकमा छ रुपैइाँ मा बिक्री गरिन्छ । लाफा खुद्रामा १३ र थोकमा ११ रुपैयाँमा बिक्री हुने गरेको छ। उत्पादित दुनाटपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट पनि माग आउने गरेको रेग्मीले बताइन बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको छ। ’सुरुआती चरणमै धेरैले उत्पादन मन पराउनुभएको छ । गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउनुहुन्छ। बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,’ रेग्मीले भनिन्न। यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ। पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन्। बजारमा दुनाटपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन्। सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन। स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनीको भनाइ छ । ’पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक रु पाँच हजारसम्म कमाउने गरेका छन्,’ खनालले भनिन्न। उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ। प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ। विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ। दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ। The post दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’
ताजा खबरJust now

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’

पेरिस– अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने बताएका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोंको आप्रवासन नीतिलाई जिम्मेवार ठहर्‍याएका छन्। ट्रम्पले लामो समयदेखि आप्रवासनमा कडाइ गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्। डोनाल्ड ट्रम्पले आफूले करिब आठ वर्षअघि म्याक्रोंलाई अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिनु गल्ती हुने चेतावनी दिएको […] ...

काठमाण्डुपाटी
दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ
ताजा खबरJust now

दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ

स्वर्गीय पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित रकम नेपाल पत्रकार महासंघको तर्फबाट स्व. उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ। स्व उपाध्यायकी धर्मपत्नीको मिर्गौला रोगको उपचार र बुबाको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले नेजाको पहलमा संकलन भएको १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा प्र... ...

नेपालखबर
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
ताजा खबरJust now

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play