Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् । त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । The post दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज
ताजा खबरJust now

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् । रिबन इन्टरटेनमेन्टद्वारा... ...

रातोपाटी
पञ्चायतदेखि बालेनसम्म प्रेसमाथि धरपकड
ताजा खबरJust now

पञ्चायतदेखि बालेनसम्म प्रेसमाथि धरपकड

राज्यसत्तालाई प्रश्न गर्नु पत्रकारिताको धर्म हो। सत्तामा बस्नेहरूलाई जवाफदेही बनाउनु सञ्चारमाध्यमको जिम्मेवारी हो। तर नेपालमा यो जिम्मेवारी निर्वाह गर्ने पत्रकार र सञ्चारगृहले पटकपटक राज्यको दबाब, नियन्त्रण र धरपकड सामना गर्दै आएका छन् । पञ्चायतकालमा शासनको आलोचना गर्ने पत्रपत्रिकामाथि प्रतिबन्ध लाग्यो, पत्रकार पक्राउ परे र प्रकाशन बन्द गरिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सञ्चारगृहमा सेना पुग्यो, समाचार सामग्री जाँचियो र रेडियोमा समाचार प्रसारण ...

नेपालन्युज
प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट
ताजा खबरJust now

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट

बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो । ...

कान्तिपुर
जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए
ताजा खबरJust now

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए

बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play