Vinod Kapri/Pyre दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि सिनेमा हलसम्म पुग्न दुई वर्ष लागेको एक वृद्ध दम्पतीको कोमल प्रेम र शान्त एक्लोपनमा आधारित चलचित्रले अहिले भारतभरि नै समीक्षक र दर्शकहरूको मत जितिरहेको छ।टेलिभिजन पत्रकारबाट चलचित्र निर्माता बनेका विनोद काप्रीले निर्देशन गरेको १११ मिनेट लामो चलचित्र पाएरले बसाइँसराइको गम्भीर समस्यालाई उजागर गरेको छ। यो समस्याका कारण हिमालय क्षेत्रका सयौँ सुन्दर गाउँहरू खाली भएका छन् र ती गाउँहरू भूत बस्तीमा परिणत भएका छन्। यसका साथै जलवायु परिवर्तनका कारण यो क्षेत्रको मौसम झन् कठोर बन्दै गएको विषयलाई पनि चलचित्रले प्रस्तुत गरेको छ।सामाजिक सञ्जालमा धेरै भारतीयहरूले चलचित्र हेरेर हलबाट आँसु झार्दै बाहिर निस्किएका दर्शकहरूको भिडिओ शेयर गरेका छन्। अरू कतिपयले लामो समयदेखि कुनै चलचित्रले आफूलाई यति धेरै भावुक नबनाएको प्रतिक्रिया दिएका छन्।चलचित्रका मुख्य कलाकारहरू पनि प्रशंसाका पात्र बनेका छन्। उनीहरू साधारण गाउँले हुन् जसले यसअघि कहिल्यै क्यामरा देखेका थिएनन्। बलिवुडका प्रतिष्ठित व्यक्तिहरू नसीरूद्दिन शाह र अनुपम खेरलगायतले पनि उनीहरूको अभिनयको तारिफ गरेका छन्। हिन्दी फिल्म शोलेको ५० वर्ष, किन यसको अझै चर्चा गर्छन् दर्शकशाहरुख खान : बलिवुडका सुपरस्टार अब अर्बपति क्लबमा पाएरका मुख्य पात्रहरू पदम सिंह (काप्रीका काका पदम सिंहले अभिनय गरेका छन्) र तुलसी (हीरा देवीले अभिनय गरेकी) छन्। उनीहरूलाई स्थानीय भाषामा बुबु र आमा भनिन्छ जसको अर्थ हजुरबुवा र हजुरआमा हो। यो वृद्ध दम्पती भारतको उत्तरी राज्य उत्तराखण्डको पहाडी क्षेत्रमा रहेको एउटा सानो घरमा बस्छन्।त्यहाँ मानिसको उमेरलाई इतिहासका महत्त्वपूर्ण घटनासँग तुलना गरेर मापन गरिन्छ। सिंह दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा दुई वर्षअघि जन्मिएका थिए भने तुलसी जापानमा परमाणु बम खसालिएको वर्ष जन्मिएकी थिइन्।त्यहाँ सडक र बिजुलीको सुविधा छैन। दम्पतीलाई प्राय: सहयोग आवश्यक परिरहन्छ किनभने तुलसीलाई बारम्बार अस्पताल लगिरहनुपर्छ र लैजाँदा पदम सिंहले परम्परागत लामो बाजा बजाएर छिमेकीहरूलाई बोलाउँछन्। उनीहरूको सहयोगको बदलामा पदम सिंहले उनीहरूलाई बाख्रा दिने गर्छन्। Vinod Kapri/Pyre एकजना पात्रले भन्छन्, "यहाँ केही पनि छैन केवल पहाडहरू मात्रै छन्।" त्यसैले युवाहरू राम्रो अवसर र सुखद भविष्यको खोजीमा गाउँ छोडेर बाहिर जान्छन्। सुन्दर भए पनि विभिन्न समस्याले ग्रस्त यो ठाउँलाई छोडेर जानेहरू प्राय: कहिल्यै फर्केर आउँदैनन्।निर्देशक काप्रीका अनुसार उनको चलचित्र मुख्य रूपमा वृद्ध दम्पतीको जीवनको अन्तिम दिनहरूमा आधारित "हृदयस्पर्शी प्रेमकथा" मा केन्द्रित छ।"उनीहरूले ६५ वर्षसम्म सँगै जीवन बिताएका छन्। पछिल्ला २८ वर्षदेखि उनीहरू कामको खोजीमा मुम्बई गएको आफ्नो छोरा हरिया फर्किने पर्खाइमा छन्। यो साथ, एक्लोपन र प्रतीक्षाको कथा हो।"यति लामो समयपछि अचानक छोराको एउटा पत्र आउँछ। पत्रमा उसले आफू भेट्न आउने मिति उल्लेख गरेको हुन्छ। योसँगै उनीहरूको प्रतीक्षाको व्यग्रता बढ्छ। भारतीयहरू पुराना चलचित्र हेर्न फेरि किन सिनेमाघर धाउँदैछन् आमिर खानले किन नजानिँदो तरिकाले फिल्म छाडे र अहिले उनी के सोच्छन्? उनीहरू छोरा आउने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्। तर उनीहरूको वरिपरि रहेका थोरै गाउँलेहरू पनि एकपछि अर्को गर्दै गाउँ छोडेर जान्छन्। अन्ततः पहाडी भूभागको बीचमा रहेको यो वृद्ध दम्पती पूर्ण रूपमा एक्लो हुन्छ।"तपाईँ र तुलसी पनि सकेसम्म चाँडै यहाँबाट जानुपर्छ। नभए तपाईँहरूको मृत्यु हुँदा अन्तिम संस्कारका लागि तपाईँको शव पहाडबाट तल लैजान चारजना मानिस पनि हुनेछैनन्," एक गाउँलेले गाउँ छोडेर जाने बेला पदम सिंहलाई भन्छन्।सहयोगका लागि बोलाउन कोही पनि बाँकी नरहेपछि पदम सिंहले आफ्नो घरको ठिक बाहिर एक अर्काको छेउमा दुई वटा चिताको व्यवस्था गर्छन्। एउटा आफूलाई र अर्को श्रीमतीका लागि।तुलसीले त्यसबारे सोध्दा उनी भन्छन्, "यदि तिमी मर्यौ भने मैले कसरी बोकेर तलसम्म लैजाने होला?" Vinod Kapri/Pyre यो चलचित्रको विषयवस्तु गम्भीर र निराशाजनक भए पनि यसमा हास्यरस छ। यसका दुई पात्र निकै रमाइला छन्। लामो समयदेखि वैवाहिक जीवन बिताएका धेरै दम्पतीजस्तै उनीहरू पनि एक अर्कासँगको भनाभनलाई प्रेम व्यक्त गर्ने एउटा माध्यमका रूपमा लिन्छन्।उत्तराखण्डका काप्रीले सुन्दर पहाडी गाउँ मुन्सियारीमा ८४ वर्षका एक वृद्धलाई सन् २०१८ मा भेटेपछि यो चलचित्र बनाउने प्रेरणा आएको थियो।"फेसबुकमा उनको तस्बिर देखेपछि म उनलाई भेट्न पुगेको थिएँ। उनको अनुहारका चाउरीहरूले मलाई निकै आकर्षित गरेको थियो। उनको अनुहार एकदमै फरक र विशिष्ट थियो," काप्रीले भने।उनले त्यो दम्पतीलाई उनीहरूको सबैभन्दा ठूलो चिन्ता के हो भनेर सोधेका थिए।"उनले, 'म पहिला मरेँ भने उसको ख्याल कसले गर्ला भन्ने छ? भनेका थिए।' अनि उनले भनेकी थिइन्, 'उनलाई कसरी पकाउने थाहा छैन। त्यसैले म पहिला मरेँ भने कसले पकाएर उनलाई खुवाउला?' त्यो मेरालागि मनछुने कुरा थियो।"सुरुमा काप्रीले वास्तविक दम्पतीलाई लिएर नै चलचित्र बनाउन खोजेका थिए तर सम्भव नहुने स्पष्ट भएपछि एक सातापछि त्यो त्यागे।त्यसपछि उनले वास्तविक जीवनमा पनि दम्पती रहेका नसीरूद्दीन शाह र रत्ना पाठकलाई भने।शाहलाई चलचित्रको पटकथा निकै मन परेको थियो तर आफू र पाठक त्यस क्षेत्रका बासिन्दा नभएकाले पात्रहरूलाई न्याय गर्न कठिन हुने धारणा व्यक्त गरेका थिए। टाइगर श्राफमाथि भएको हमलाले कसरी बलिवूडको विगतलाई सम्झाउँछभारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना काप्रीले त्यसपछि आफ्नै परिवारभित्र पदम सिंह भेटाए। आफ्ना काका जो अवकाशप्राप्त सैनिक हुन् र उनलाई अभिनयमा रुचि पनि थियो।उनले तुलसी पात्र अर्को गाउँमा भेटे। हीरा देवी एक वयस्क विधवा हुन् जसले भैँसी पालेर घाँस काटेर र वर्षौँ खेती गरेर सन्तानहरूलाई हुर्काएकी थिइन्। Vinod Kapri/Pyre पदम सिंह र हीरा देवी चलचित्रका मुख्य पात्र हुन् पदम सिंह र हीरा देवीले बीबीसीसँग कुरा गर्दै आफूहरूले बितेका वर्षहरूमा गाउँ रित्तो भएका, सन्तानहरू गाउँ छोडेर हिँडेका, आमाबुवालाई छोडेर हिँडेका कथाहरू देखिरहेको बताए। तर पाएरले दर्शकहरूबाट खिचेको ध्यानले आफूहरू अचम्मित भएको बताए।सन् २०२४ यता उक्त चलचित्र विश्वका ठूला महोत्सवहरूमा प्रदर्शन भएका छन्। उक्त चलचित्रले १८ वटा अवार्ड पाइसकेको छ जसमा तीन उत्कृष्ट चलचित्रको र १२ दर्शकको चयनमा परेको चलचित्रका रूपमा।महोत्सवहरूमा सफल भए पनि वितरक बिना आफूले दुई वर्ष बिताउनुपरेको काप्रीले बताए। ओटीटी प्लेटफर्महरूले पनि चलचित्र प्रदर्शनीका लागि स्वीकृत गरे तर चलचित्र हलमा तब मात्रै पुग्न सक्यो जब काप्रीका निर्माता साथीले आफ्नै लगानीमा प्रदर्शनीका लागि कदम उठाए। तर अक्टोबर ३० तारिखमा ७० वटा हल पाएपछि त्यसले उचित समीक्षा पायो। टिकटको माग बढेसँगै शोहरू पनि बढ्दै गए। हीरा देवीले आफ्ना सन्तानहरू र समाजले चलचित्र हेरेपछि के भन्लान् भनेर आफू चिन्तित बनेको सुनाइन्।अहिले उनी र पदम सिंह चलचित्र आलोचकहरूले दिएको सकारात्मक समीक्षाबाट खुसी छन् र दर्शकहरूको पनि माया पाइरहेका छन्। Vinod Kapri/Pyre हीरादेवीले यथार्थमा गाउँहरू चलचित्रमा देखाइएजस्तै भएको बताइन् उनीहरूले थुप्रै हलहरूमा आँसुले भिजेका आँखाहरू देखे। धेरैले उनीहरूको खुट्टा छुन खोजे र अँगालो मारे। कतिले गाउँ, सहरमा कुरिरहेका आफ्नै आमाबुवा र हजुरबुवा हजुरआमा सम्झिएको बताए।"हामीले असाध्यै खुसी महसुस गर्यौँ। हामीले धेरै माया र प्रेरणा पायौँ जुन हामीले कहिल्यै कल्पना पनि गरेका थिएनौँ," पदम सिंहले भने।तर सबैभन्दा उत्कृष्ट क्षण त्यति बेला आयो जब उनले मुम्बईमा नसीरुद्दीन शाहलाई भेटे।"उनले पूरै चलचित्र हेरे र आँखाभरि आँसु पारे। मलाई अँगालो मारे। उनले भने, 'बुबु, तिमीले जुन भूमिका देखायौ, मैले सात जुनीमा पनि त्यस्तो गर्न सक्दैन थिएँ।'"हीरा देवी चलचित्रले भनेजस्तै "वास्तविकतामा पनि, हाम्रा गाउँहरू त्यस्तै छन्" भनिन्।"भारतभरिका गाउँहरूमा वृद्धहरूमात्रै छन्। कसैका पनि सन्तान गाउँमा बस्दैनन् र सबै आमाबुवाको अवस्था उस्तै छ। उनीहरू आफ्ना छोरा र बुहारीको पर्खाइमा छन् जो नाति नातिनीहरू आफूलाई भेट्न आएर केही दिन बसुन् भन्ने चाहन्छन्। त्यो एक्लोपन सहनै नसकिने छ।"पदम सिंहले उत्तराखण्ड र बाँकी भारतका युवा पुस्ताका लागि आफूसँग एउटा सन्देश भएको बताए।"म उनीहरूलाई भन्न चाहन्छु कि उनीहरूले आफ्नो जन्मभूमिलाई त्याग्नु हुँदैन," उनले भने।"म सरकारलाई पनि मानिसहरू जहाँ छन् त्यहीँ शिक्षा र रोजगारी पुर्याउन अपिल गर्छु ताकि उनीहरू अन्यत्र टहल्नु नपरोस्। त्यसो भयो भने आमाबुवा पनि रेखदेख नपाएर बस्नुपर्दैन।" मनीषा कोइराला: हीरामन्डीले दिएको चर्चा र उनको भावुक पोस्ट भारतीय चलचित्रमा प्रयोग हुन थाल्यो एआई, कस्तो प्रभाव पर्न सक्छ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
दुई वर्षसम्म हलमा पालो नपाएको चलचित्र 'पाएर' जसले १८ वटा अवार्ड जितेपछि पायो दर्शक र समीक्षकको वाहवाही

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






