काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत पुगेको हो । प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल परिसरबाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय पक्षसँग उच्चस्तरीय भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्यलाई प्रभावकारी बनाउने तथा आपसी हित र चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच खुला सीमा, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास तथा जनस्तरको सम्बन्धलगायतका बहुआयामिक सम्बन्ध रहँदै आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र पारस्परिक सम्मानलाई केन्द्रमा राख्दै दुई देशबीचका विद्यमान समस्या तथा सम्भावनाबारे सार्थक संवाद हुने अपेक्षा गरिएको छ । विशेषगरी नेपालको आर्थिक विकास, व्यापारिक सन्तुलन, सीमा व्यवस्थापन र ऊर्जा सहकार्यका विषयमा भ्रमणले कस्तो परिणाम दिन्छ भन्ने चासोका साथ हेरिएको छ ।
दुई दिने भारत भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा, उद्योग राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

Read Complete Original Article
Published originally on जनताटाइम्स






