Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता
Photo / Coverage: टक्सार

काठमाडौँ । भारतको दुई दिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन् । करिब २८ घण्टाको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँ फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरे । त्यसअघि नेपाल प्रस्थान गर्नुअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले बिदाइ गरेका थिए । हिजो नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई आज बिहान राष्ट्रपति भवनमा ’गार्ड अफ अनर’ सहित राजकीय सम्मान प्रदान गरिएको थियो । सो क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ शीर्षकको साझा भिजन दस्तावेज सार्वजनिक गरेका छन् । भ्रमणका क्रममा उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा भारतले नेपालको विपद्पछिको पुनर्निर्माण (विशेषगरी गत अगस्तमा रसुवा–भोटेकोसी बाढीपहिरोबाट क्षतिग्रस्त संरचना) र नयाँ पूर्वाधारका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ बराबरको ऋण सुविधा गरी कुल २४० अर्ब नेपाली रुपैयाँ (१५ हजार करोड भारु) को विकास प्याकेज घोषणा गरेको छ । यस्तै, दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा (मङ्सिर १२ बाट नियमित चल्ने) र धार्चुला–दार्चुला जोड्ने मोटरेबल सडक पुलको संयुक्त उद्घाटन गरेका छन् । यसका साथै नेपालले भारतका थप दुई बन्दरगाह (गुजरातको काण्डला र ओडिशाको पारादीप) प्रयोग गर्न पाउने, लखनउ–भैरहवा हवाई रुट उपलब्ध हुने, रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम सर्वेक्षण सकिएको तथा पूर्व–पश्चिम रेलमार्ग (बर्दिवास–निजगढ खण्ड) र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने सहमति भएको छ । शिक्षा, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को ‘अफसोर क्याम्पस’ स्थापना गर्ने, नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र युवा उद्यमीका लागि ‘स्टार्टअप इन्क्युबेटर तथा इनोभेसन हब’ निर्माण गर्ने सहमति जुटेको छ । भ्रमणकै क्रममा नेपाल र भारतबिच अन्तरिक्ष प्रविधि (इसरो र सञ्चार मन्त्रालयबिच ‘साउथ एसिया स्याटेलाइट’ सञ्जाल विकास), फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, दिगो सहरी विकास, स्वास्थ्य सेवा र कृषि तथा पशुपालन गरी ८ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुका साथै आतिथ्यताका लागि धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा दुई देशका प्रधानमन्त्रीबिच ‘रामायण’ पेन्टिङ, बनारसी दोसल्ला, गङ्गाजल र नेपाली रुद्राक्षको उपहार आदानप्रदानसमेत भएको थियो , अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत ३५ सदस्यीय प्रतिनिधिमण्डलले भ्रमणमा सहभागिता जनाएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहको भारत भ्रमणमा तत्कालीन सहमति सन्तोषजनक : पूर्वप्रधानमन्त्री भट्टराई
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणमा तत्कालीन सहमति सन्तोषजनक : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका विषयमा ठोस प्रगति नभए पनि तत्कालीन विषयहरूमा भएको सहमति सन्तोषजनक रहेको बताएका छन् । सामाजिक... ...

रातोपाटी
गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह
Latest NewsJust now

गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

काठमाण्डु – गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । गृह श्रमिक सरोकार समाज नेपालले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्यांकमा उनीहरूले उचित स्थान पाउन नसकेको बताए । […] ...

काठमाण्डुपाटी
नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल
Latest NewsJust now

नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल

RSS प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणका क्रममा भएका सहमतिसँगै नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुलेको' परराष्ट्रमन्त्री.शिशिर खनालले बताएका छन्।नेपाल-भारतबीच भएको सन् १९५० को मैत्रीपूर्ण सन्धिलाई पुनरवलोकन गरिनुपर्ने आवाज ...

बीबीसी नेपाली
एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
Latest NewsJust now

एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं : ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement