Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

दुई घारदेखि १० टन महसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई घारदेखि १० टन महसम्म
Photo / Coverage: नेपालन्युज

लेटाङ। मोरङको लेटाङ नगरपालिका-२ स्थित कमलबहादुर राईको घरको आँगनमा पुग्दा मौरीको मधुर भुनभुन र महको मिठासपूर्ण बास्नाले जोकोहीलाई आकर्षित गर्छ। घरको एक छेउमा बनाइएको व्यवस्थित कोठाभित्र मेसिनको हल्का आवाजसँगै छुट्टै रौनक देखिन्छ। टेबलमाथि लहरै राखिएका सिसा र प्लास्टिकका पारदर्शी बट्टामा सुनौलो रङको मह टल्किरहेको छ। दुई दशकभन्दा लामो समयदेखि मौरीसँग मितेरी गाँसेका राई अहिले नमुना मौरीपालक किसानका रूपमा चिनिन्छन्। कोठामा दुई जना कामदार मह प्याकेजिङ गर्न व्यस्त छन्। एक जना ज्येष्ठ उमेरका कामदार मेसिनबाट प्रशोधन भएर निस्किएको मह बट्टामा भर्ने, बिर्को कस्ने र सफा गर्ने काममा तल्लीन छन्। अर्की महिला कामदार ‘एभरेस्ट हनी’ लेखिएका लेबल टाँस्न सघाइरहेकी छन्। कोठाको कुनामा तयार पारिएका कार्टुनमा पूर्वका विभिन्न सहर पठाउन महका बट्टा मिलाएर राखिएका छन्। उत्पादित मह प्याकेजिङ गरेपछि बजार पठाउन तयार पारिएका बट्टा देखाउँदै किसान राई । बाहिरबाट हेर्दा सामान्य घरजस्तो लागे पनि भित्र एउटा कृषि उद्योग सञ्चालनमा छ- ‘एभरेस्ट हनी मौरीपालन उद्योग’। यस उद्योगका सञ्चालक हुन्, ५५ वर्षीय किसान कमलबहादुर राई। दुई दशकभन्दा लामो समयदेखि मौरीसँग मितेरी गाँसेका राई अहिले नमुना मौरीपालक किसानका रूपमा चिनिन्छन्। स्वदेशमै मिहिनेत गरेर परिवार पाल्न र अरूलाई रोजगारी दिन सकिन्छ भन्ने उदाहरण पनि बनेका छन् उनी। दुई घारबाट सुरु भएको यात्रा कमलका लागि मौरी र मह नयाँ विषय थिएनन्। पहाडमा रहँदा उनका बाबुले मुडे घारमा मौरी पाल्दै आएका थिए। लेटाङ बजारमा जन्मिएका कमलले बाल्यकालदेखि नै घरआँगनमा दुई-चारवटा मुडे घार देख्दै हुर्किए। तर, त्यतिबेला मौरीपालन घरायसी उपभोगमा मात्र सीमित थियो। व्यावसायिक सोच पलाइसकेको थिएन। मोरङको लेटाङ-२ स्थित आफ्नै घरमा मौरीको हेरचाह गर्दै कमलबहादुर राई । उनको जीवनमा व्यावसायिक मौरीपालनको बीउ भने २०५० को दशकको अन्त्यतिर रोपियो। त्यसबेला झापाबाट लेटाङ आएका एक अनुभवी मौरीपालक किसान चार-पाँच वर्षसम्म कमलकै लेटाङ बजारस्थित घरमा बसेर मौरी पाल्न थाले। “उहाँले चार-पाँच वर्षसम्म हाम्रै घरमा बसेर मह काढ्नुभयो। हामी पनि उहाँलाई सघाउँथ्यौँ। मौरीका घार बोक्ने, मह काढ्ने काममा हामी उहाँका सहयोगीजस्तै भएर खटिन्थ्यौँ,” कमल विगत सम्झिन्छन्, “त्यही क्रममा मैले मौरीपालनको आधारभूत सीप र त्यसको सम्भावना नजिकबाट बुझ्ने मौका पाएँ।” सुरुमा व्यक्तिगत रूपमा दुईवटा घारबाट मौरी पाले । गाउँका साथीहरूसँग मिलेर ‘नमुना मौरीपालन समूह’ नामको अनौपचारिक समूह बनाएर थप पाँच गोला मौरी पनि पाले। मौरीपालनको सम्भावना बुझेपछि कमललाई पनि तालिम लिएर आफैँ केही गर्ने हुटहुटी जाग्यो। उनले ती किसानसँग तालिम दिन आग्रह गरे। तर, एक जनालाई मात्र तालिम दिन सम्भव नहुने भन्दै उनले ४० जना किसान जुटाउनुपर्ने सर्त राखे। कमलले लेटाङ बजार र आसपासका ४० जना स्थानीयलाई भेला पारेर तालिम लिए। एभरेस्ट हनीका कर्मचारी मह प्याकेजिङ गर्दै । त्यसपछि २०६० सालमा उनले व्यावसायिक मौरीपालन सुरु गरे। सुरुमा व्यक्तिगत रूपमा दुईवटा घारबाट मौरी पाले । गाउँका साथीहरूसँग मिलेर ‘नमुना मौरीपालन समूह’ नामको अनौपचारिक समूह बनाएर थप पाँच गोला मौरी पनि पाले। तर, समूहका अरू सदस्यले मौरीको स्याहारसुसार र त्यसका लागि आवश्यक मिहिनेत धान्न सकेनन्। केही वर्षपछि समूह छिन्नभिन्न भयो। घरमै राखेर खुला मह बेच्दा खासै बिक्री हुँदैनथ्यो। ग्राहकले पसलमा मह खोज्थे, तर ब्रान्ड र कानुनी मान्यता नहुँदा पसलमा पुर्‍याउन कठिन थियो। समूहका सदस्यले मौरीपालन छाडेपछि १५-१६ वटा घार अलपत्र पर्ने अवस्था आयो। तर, कमल पछि हटेनन्। “उनीहरूले पाल्न नसकेपछि भएका सबै १५-१६ घार मौरी मैले नै किनेँ,” उनी मुस्कुराउँदै भन्छन्, “त्यतिबेलासम्म मेरो व्यक्तिगत मौरी पनि बढेर करिब ४० गोला पुगिसकेको थियो।” दुई घारबाट सुरु भएको उनको यात्रा बिस्तारै विस्तार हुँदै गयो। बजारको चुनौतीले जन्मायो ‘एभरेस्ट हनी’ मौरीको संख्या बढेसँगै मह उत्पादन पनि बढ्न थाल्यो । तर, कमलसामु अर्को चुनौती थपियो- बजार। घरमै राखेर खुला मह बेच्दा खासै बिक्री हुँदैनथ्यो। ग्राहकले पसलमा मह खोज्थे, तर ब्रान्ड र कानुनी मान्यता नहुँदा पसलमा पुर्‍याउन कठिन थियो। मोरङको लेटाङ-२ मा मह उत्पादन गर्ने क्षेत्र। “घरमा मह त्यति नबिक्ने। अब कसरी बेच्ने भन्ने चिन्ताले सतायो,” कमल भन्छन्, “बुझ्दै जाँदा आफ्नै ब्रान्ड नबनाई पसल-पसलमा दिन नसकिने रहेछ। त्यसपछि व्यावसायिक रूपमा दर्ता गरेर अघि बढ्ने निधो गरेँ।” यही सोचले उनलाई २०६७ असोज २७ गते घरेलु तथा साना उद्योग कार्यालय पुर्‍यायो । उनले ‘एभरेस्ट हनी मौरीपालन’ नाममा निजी फर्म दर्ता गरे। उद्योग दर्ता गर्दा उनीसँग ४०-५० वटा मौरीका घार थिए। त्यसपछि उनको खुला महले ‘एभरेस्ट हनी’को पहिचान पायो र सहरका पसलसम्म पुग्ने बाटो खुल्यो। मौरीपालन सुन्दा जति सरल लाग्छ, व्यवहारमा यो त्यति नै संवेदनशील र घुमन्ते पेसा हो। मौरीलाई बाह्रै महिना एउटै ठाउँमा राखेर मह उत्पादन गर्न सकिँदैन। अहिले उनको उद्योगमा ‘मेलिफेरा’ प्रजातिका २५० गोला मौरी छन्। व्यवसाय विस्तार, प्रशोधन र प्याकेजिङका लागि व्यवस्थित भवन निर्माण गर्दा आर्थिक अभाव भएपछि उनले बैंकबाट कर्जा लिन व्यवसायलाई कागजी रूपमा साझेदारीमा समेत रूपान्तरण गरे। “घर बनाउँदा पैसा पुगेन। ऋण लिनुपर्ने भएपछि त्यसको प्रक्रियाका लागि मात्र साझेदार बनाइएको हो। नत्र सबै व्यवस्थापन मेरो परिवारले नै गरिरहेको छ,” उनी भन्छन्। मह प्रशोधन तथा उत्पादनमा प्रयोग हुने उपकरण। एक सिजनमा १० टनसम्म मह मौरीपालन सुन्दा जति सरल लाग्छ, व्यवहारमा यो त्यति नै संवेदनशील र घुमन्ते पेसा हो। मौरीलाई बाह्रै महिना एउटै ठाउँमा राखेर मह उत्पादन गर्न सकिँदैन। फूलको रस खोज्दै मौसमअनुसार घार सारिरहनुपर्छ। कमलको वार्षिक कार्यतालिका पनि मौरीको चरणअनुसार चल्छ। उनका अनुसार मह उत्पादनको मुख्य सिजन मंसिरको अन्तिम सातादेखि सुरु भएर चैत-वैशाखसम्म चल्छ। यो अवधिमा लेटाङका जंगल र फापर खेतीका क्षेत्र मौरीका लागि उपयुक्त हुन्छन्। हिउँदमा तोरी फुल्ने समयमा भने उनी मोरङको तराई-मधेश क्षेत्रका तोरीबारीमा घार सार्छन्। “फापर र जंगलको मह लेटाङमै राम्रो हुन्छ,” कमल भन्छन्, “तर तोरीको चरणका लागि भने मोरङकै तराईतिर झर्नुपर्छ।” मौरीका घार। मौरीको निरन्तर स्याहार र घार सार्ने यही प्रक्रियाबाट ‘एभरेस्ट हनी’ले एक सिजनमा नौदेखि १० टनसम्म मह उत्पादन गर्छ। मह उत्पादनसँगै त्यसको बजारीकरणको जिम्मा पनि कमल आफैँले सम्हाल्दै आएका छन्। आफ्नै गाडीमा महका कार्टुन राखेर उनी पूर्वका मुख्य बजार पुग्छन्। उदयपुरदेखि पूर्वमा दमक, बिर्तामोड, काँकरभिट्टा, धरान र विराटनगरका पसलमा उनको नियमित आपूर्ति छ। ढुवानी, बट्टा, लेबल, मौरीको चरण र कामदारको ज्यालालगायत खर्च कटाएर पनि उनले एक सिजनमा १२ देखि १५ लाख रुपैयाँसम्म खुद बचत गर्दै आएका छन्। बजारमा ‘एभरेस्ट हनी’को अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ तोकिएको छ। पसललाई उनले २० देखि २५ प्रतिशतसम्म मार्जिन दिएर मह उपलब्ध गराउँछन्। ढुवानी, बट्टा, लेबल, मौरीको चरण र कामदारको ज्यालालगायत खर्च कटाएर पनि उनले एक सिजनमा १२ देखि १५ लाख रुपैयाँसम्म खुद बचत गर्दै आएका छन्। परिवार नै उद्योगको मेरुदण्ड नेपालका गाउँघरबाट युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम बढिरहेका बेला कमलबहादुर राईको परिवारमा भने फरक दृश्य देखिन्छ। यहाँ बाबुको मिहिनेतमा छोराहरूले आधुनिक प्रविधि र सीप थपिरहेका छन्। सिङ्गो परिवार नै उद्योगको मेरुदण्ड बनेको छ। कमलका तीन छोरा छन्। उनीहरू सबैको शिक्षादीक्षामा मौरीपालनबाट भएको आम्दानीले सहयोग गरेको छ। जेठा छोरा रुबल राईले यही आम्दानीबाट खाद्य प्रविधिमा स्नातक गरेका छन्। पढाइ सकेपछि उनी गत वर्ष बाबुको उद्योगमा फर्किए। बजार पठाउन तयारी अवस्थामा मह। “जेठो छोराले खाद्य प्रविधिमा स्नातक गरेर अहिले मलाई नै सघाइरहेको छ,” कमल गर्वसाथ भन्छन्, “उद्योगको लोगो डिजाइन, ब्रान्डिङ, प्याकेजिङ र प्राविधिक गुणस्तरका सबै काम उसैले हेर्छ।” बाबुले उत्पादन र बजार व्यवस्थापन सम्हाल्दा छोराले ‘एभरेस्ट हनी’लाई आधुनिक बजारअनुकूल स्वरूप दिन सघाइरहेका छन्। तर, कमलको सफलताको यात्रा सधैँ सहज रहेन। बीचमा उनकी श्रीमती पवित्रा ठूलो दुर्घटनामा परिन्। दुर्घटनाले परिवारमा आर्थिक र मानसिक संकट ल्यायो । त्यसको असर माइला छोरा योसेफ राईको पढाइमा पनि पर्‍यो। त्यतिबेला जेठा छोरा स्नातक तहमा अध्ययनरत थिए भने योसेफले कक्षा १२ मात्र उत्तीर्ण गरेका थिए। आमा दुर्घटनामा परेपछि घर र मौरीपालन व्यवसाय सम्हाल्ने जिम्मेवारी कलिलै उमेरमा योसेफको काँधमा आयो । उनले उच्च शिक्षा हासिल गर्ने रहर त्यागेर बाबुलाई सघाउन थाले। मह उत्पादनस्थलमा राई। “श्रीमती पवित्राको दुर्घटनापछि माइलाले १२ कक्षाभन्दा माथि पढ्न पाएन। ऊ पढ्नै मानेन,” कमल केही भावुक सुनिन्छन्, “अहिले मौरी कहाँ राख्ने, मह कसरी काढ्ने र मौरी कत्तिको स्वस्थ छ भन्ने सबै फिल्ड र प्राविधिक व्यवस्थापन माइलाकै जिम्मामा छ।” घरमा सात वर्षका कान्छा छोरा साइरस राई यही मौरीको भुनभुनबीच हुर्किरहेका छन्। श्रीमती पवित्राको स्वास्थ्य अवस्था पछिल्लो समय पनि कमजोर रहेकाले बाबु-छोराको एकताले घर र उद्योग दुवैलाई अघि बढाउन सघाएको छ। सरकारी सहयोग सीमित, आफ्नै पौरखमा उद्यम २३ वर्षदेखि निरन्तर कृषि उद्यममा लागेर वार्षिक १० टनसम्म मह उत्पादन गर्ने र दुई जना स्थानीयलाई नियमित रोजगारी दिने कमलजस्ता किसान राज्यको प्राथमिकतामा पर्नुपर्ने हो। तर, आफूले अपेक्षित सरकारी सहयोग नपाएको उनको गुनासो छ। कमलका अनुसार उनले अहिलेसम्म लेटाङ नगरपालिका, वडा कार्यालय वा प्रदेश सरकारबाट सहयोग पाएका छैनन्। “अहिलेसम्म नगरपालिका, वडा र प्रदेश सरकार कतैबाट पनि एक रुपैयाँको सहयोग लिएको छैन,” उनी स्पष्ट भन्छन्। मह उत्पादन हुने क्षेत्रबारे जानकारी दिँदै कमल राई। यद्यपि, संघीय परियोजनाअन्तर्गतको कृषि जोन कार्यालयबाट मह प्रशोधन र व्यवसायका लागि आवश्यक केही उपकरण खरिदमा अनुदान पाएको उनी बताउँछन्। “कृषि जोनले उपकरण खरिदमा अनुदान दिएको छ । त्यसले काम गर्न सजिलो भएको छ,” उनले थपे। कमल अहिले उत्पादक मात्र होइनन्, मौरीपालनका प्रशिक्षक पनि बनिसकेका छन्। उनले लेटाङ, वाराङ्गीलगायत स्थानमा पुगेर दर्जनौँ किसानलाई मौरीपालनको तालिम दिइसकेका छन्। आफूले सिकाएका कतिपय किसानले अहिले व्यावसायिक रूपमा मौरी पाल्न थालेको देख्दा उनलाई आत्मसन्तुष्टि मिल्छ। मिहिनेतको गुलियो प्रतिफल मध्याह्नको घाम चर्किंदै जाँदा प्याकेजिङ कोठामा कामदारका हात झन् तीव्र गतिमा चलिरहेका छन्। मह भरिएका बट्टा कार्टुनमा राखेर गाडीमा लोड गर्ने तयारी हुँदैछ। कमल कहिले प्याकेजिङको काम नियाल्छन् त कहिले छोराहरूसँग आगामी चरणको योजनाबारे सल्लाह गर्छन्। २३ वर्षअघि दुई घार मौरीबाट सुरु भएको उनको यात्रा अहिले २५० गोला मौरी र वार्षिक १० टनसम्म मह उत्पादन गर्ने उद्योगमा परिणत भएको छ मौरी मर्ने, बजार नपाइने र पारिवारिक दुर्घटनाजस्ता अनेकौँ चुनौती आए। तर, उनले मौरीपालन छाडेनन्। २३ वर्षअघि दुई घार मौरीबाट सुरु भएको उनको यात्रा अहिले २५० गोला मौरी र वार्षिक १० टनसम्म मह उत्पादन गर्ने उद्योगमा परिणत भएको छ। “धेरैले मौरी मर्छ, पाल्न गाह्रो छ भनेर बीचमै छोड्छन्,” उनी भन्छन्, “तर मलाई के लाग्छ भने मान्छेको लगनशीलता नै मुख्य कुरा हो। मिहिनेत नछोडी लागिरह्यो भने मौरीले पक्कै गुलियो प्रतिफल दिन्छ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?
Latest NewsJust now

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

काठामाडौँ । दाँत दुख्दा कतिपय अवस्थामा खानपिन गर्न समेत मुस्किल पर्छ। राति अचानक दाँतको दुखाइ सुरु भयो भने निद्रा नै हराउँछ। यस्तो बेला मानिसहरू तत्काल राहत पाउन घरमै उपलब्ध कुनै न कुनै... ...

रातोपाटी
बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्‍यो तोडफोड र आगजनी
Latest NewsJust now

बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्‍यो तोडफोड र आगजनी

ढाका । प्रतिबन्धका बाबजुद पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बंगलादेशमा आइतबार हतियार र लाठीसहित विरोध प्रदर्शन गरेको छ। स्थानीय पत्रकारहरूका अनुसार बंगलादेशको गोपालगन्जमा दिनभरि भएको प्रदर्शनमा अवामी लिगका नेता, कार्यकर्ता र समर्थकहरूले धारिलो हतियार र लाठी बोकेका थिए। स्थानीय पत्रकारहरूका अनुसार दिनभरि भएको प्रदर्शनमा धेरै मानिसहरूले धारिलो हतियार र लाठी बोकेका देखिए। बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीहरूले जिल्ला अवामी लिग कार्यालय ...

केन्द्रबिन्दु
आजको मौसम पूर्वानुमान:  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आजको मौसम पूर्वानुमान: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

• नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। • तराई भूभाग, उपत्यका र खोँचहरूमा हुस्सुरकुहिरो लागेको छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। • दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। ...

नेपालबहस
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?
Latest NewsJust now

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको उक्त आयोजनाका आयोजना प्रमुखले बताएका छन्।सुरुङमार्ग सञ्चालनमा आएर टोल दस्तुर सङ्कलन गर्न थालिए पनि त्यहाँबाट आवतजावत गर्ने सवारीसाधनमा खासगरी व्यस्त समयमा अस्तव्यस्तता देखिएको भन्दै सामाजिक सञ्जालहरूमा मानिसहरूले गुनासो गरिरहेका बेला आयोजना प्रमुखले यस्तो बताएका हुन्।ओभरलोड र सुस्त गतिमा ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play