दीपेन्द्र र राेहितकाे कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनकाे लक्ष्य

काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाए २८० रनको योगफल तयार पर्यो । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई–दुई चौका र छक्का प्रहार गरे । यसैगरी, दीपेन्द्रसिह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए । चौथो विकेटका लागि रोहित र दीपेन्द्रले १३९ रनको शतकिय साझेदारी गरे । ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । यसैगरी,जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे । The post दीपेन्द्र र राेहितकाे कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनकाे लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि नोक्सानी
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए ... ...

सेनाले आरुघाटमा बेलीब्रिज निर्माण गरी गर्यो हस्तान्तरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। अ... ...

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरको दर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै... ...
![शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/NP_KTM_DSC04771_6ieWEhFh5C.jpg)
शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]
राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम ...


