Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित प्रदर्शनमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए। उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै विनोद भण्डारीको विकेट गुमाएको थियो। उनी चार रन बनाएर आउट भए। त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे। सैफले १४ र ब्रान्डनले २२ रन बनाए। त्यसपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले इनिङ्स सम्हाल्दै चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। इशानले ३१ बलमा ३७ रन बनाएर आउट भए। शेर्फन रदरफोर्ड आठ रनमा अविजित रहे। पोखराका बलर धनन्जय लक्षण, मेहदी हसन र शकिब अल हसनले एक–एक विकेट लिए। पोखराले बनाएको थियो १४५ रन यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्तीमगरले अविजित ४० रन बनाए। उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा १५ रन जोडे। मेहदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रन बनाए। त्यस्तै, शकिब अल हसनले १४, धनन्जय लक्षणले ११, सदिरा समरविक्रमा आठ, विपिन खत्रीले पाँच र दिनेश खरेलले चार रन जोडे। किरण ठगुन्ना एक रनमा आउट भए। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिए। तीन ओभरमा २३ रन खर्चिएका उनले मेहदी हसन, शकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे। हेमन्त धामी, स्कट कुग्लेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ताजा खबरJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग... ...

रातोपाटी
कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
ताजा खबरJust now

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ, कात्तिक ११ गते । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ प... ...

गोरखापत्र
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
ताजा खबरJust now

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

गोरखापत्र
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
ताजा खबरJust now

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play