Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि टीका लगाउन बालगोपालेश्वर मन्दिर खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि टीका लगाउन बालगोपालेश्वर मन्दिर खुला
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिए । उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे। अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए। भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो। The post दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि टीका लगाउन बालगोपालेश्वर मन्दिर खुला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play