काठमाडौं । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो । सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् । रिटको पेसी अब तिहार पछि मात्र हुने भएको छ । The post दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

Read Complete Original Article
Published originally on कर्पोरट खबर






