Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो । सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो कार्यकाल बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गरेका छन् । रिटमा आफूलाई हटाउने कानुनी आधार र कारण नखुलाई स्पष्टीकरण तथा सुनुवाइको अवसरसमेत नदिइएको कार्कीले उल्लेख गरेका छन् । उनले सरकारको निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् प्रहरी महानिरीक्षक पदमा कायम राख्न माग गरेका छन् । मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । The post दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ–तराई द्रुतमार्ग : महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
Latest NewsJust now

काठमाडौँ–तराई द्रुतमार्ग : महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

बकैया गाउँपालिकालाई जोड्ने उक्त सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमबीच ‘ब्रेक थ्रु’ गरेका हुन्। ...

हाम्राकुरा
महादेवटार सुरुङको ब्रेक थ्रु, राष्ट्रपति पौडेलले गरे उद्घाटन
Latest NewsJust now

महादेवटार सुरुङको ब्रेक थ्रु, राष्ट्रपति पौडेलले गरे उद्घाटन

बागमती । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण गरिएको सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् । ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले काठमाडौं–तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि महत्त्वपूर्ण आयोजना भएको बताए । उनले द्रुतमार्ग निर्माणमा नेपाली […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play