Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ
Photo / Coverage: पर्दाफास

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पथरियाले एनपीएलका विभिन्न क्रिकेट खेलमा पटक–पटक गरी ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेको खुलेको छ। पक्राउ परेका उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड
OthersJust now

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो । प्रतिनिधिमण्डलले सीईओ सुबेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको ...

पर्दाफास
काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्छौं : मन्त्री लम्साल
OthersJust now

काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्छौं : मन्त्री लम्साल

२ मंसिर, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्ने बताएका छन् । काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताएका हुन्… ...

अनलाइन खबर
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल
OthersJust now

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक… ...

अनलाइन खबर
जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?
OthersJust now

जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play